राष्ट्रियताप्रतिकाे एकताले कोराेनाले उत्पन्न गरेका जटिलताको सामना गर्न हौसला प्रदान गर्याे : प्रम ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताएका छन् ।

विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुअघि प्रतिनिधिसभा बैठकमा उनले सभामा देखिएको असाधारण एकताले आजका राष्ट्रियता र कोभिड –१९ वा यसले उत्पन्न गरेका जटिलताको सामना गर्न हौसला प्रदान गरेको बताए ।

सरकारले नेपालको नयाँ नक्शानुसार संविधानको अनुसूची सच्याउन प्रतिनिधिसभामा पेश गरेको संविधान संशोधन प्रस्तावप्रति मंगलबारको बैठकमा सबै दलले सहमति जनाएका थिए । प्रधानमन्त्री ओलीले भने, “दलीय व्यवस्थामा यस्ता एकता कहिलेकहिले मात्र देख्न पाइन्छ तर हाम्रो संसद् यस्ता मामलामा गम्भीर छ ।

आवश्यक परेको बेला एकताबद्ध भएर अघि बढ्न सक्छ भन्ने यस घटनाले देखाएको छ । यसका लागि सबै सांसद र सदनलाई धन्यवाद दिँदै आभार प्रकट गर्दछु ।” उनले संसद्भन्दा बाहिर पनि देखिएको एकताका लागि सबैलाई धन्यवाद दिँदै खुशी व्यक्त गरे ।

यसमा कसले जस लिने भन्दा पनि यो सबै नेपालीको साझा प्रकटीकरण भएको उल्लेख गर्दै उनले यसमा कसैले पनि जस पाउला भनेर र कोही जस लिनबाट छुट्ला भनेर चिन्ता लिनुनपर्ने बताए ।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दीप बस्न्यात पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालत

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु...