पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टाइनमा

बाजुरा । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा बसेका हुन् ।

ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा १५३, त्रिवेणी नगरपालिकामा १११, बडिमालिका नगरपालिकामा ४२, गौमुल गाउँपालिकामा ३२ बालबालिका क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै हिमाली गाउँपालिका आठ, स्वामिकार्तिक खापर गाउँपालिका ३०, जगन्नाथ गाउँपालिकामा १२ बूढीनन्दा नगरपालिकामा २२ बालबालिका छन् ।

बुधबार बिहानसम्म नौवटै स्थानीय तहमा रहेका १३२ क्वारेन्टाइनमा जम्मा पाँच हजार ३३२ रहेका छन् । जसमा तल्लो क्षेत्रमा पर्ने बडिमालिका नगरपालिकामा २७६, गौमुल गाउँपालिकामा ३४०, खप्तड छेडेदह गाउँपालिकामा एक हजार १९५ जना बूढीगङ्गा नगरपालिकामा एक हजार २७८ र त्रिवेणी नगरपालिकामा एक हजार ८३ जना रहेका छन् ।

त्यस्तै पूर्वी–उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा ३०४, स्वामिकार्तिक खापर गाउँपालिकामा २८०, जगन्नाथ गाउँपालिकामा ३१८, बूढीनन्दा नगरपालिकामा ३०२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए । त्यसैगरी हालसम्म २० जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । क्वारेन्टिनमा रहेका पाँच हजार ३३२ मध्ये चार हजार ४१६ भारतबाट आएका छन् ।

४६७ को स्वाब सङ्कलन

जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टाइनमा बसेका ४६७ जनाको स्वाब सङ्कलन गरिएको छ । भारतबाट आएका, आरडिटी पोजेटिभ देखिएका र कोरोना सङ्क्रमित भेटिएको क्वारेन्टाइनमा बसेका शङ्कास्पद ४६७ जनाको स्वाब सङ्कलन गरिएको हो ।

स्वाब सङ्कलन गरिएकामध्ये १०५ महिला र ३६२ पुरुष गरी ४६७ रहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । हाल जिल्लामा दुई जना आइसोलेसन शैया छन् भने एक कोरोना सङ्क्रमित उपचार गराइरहेका छन् । यस्तै एक दुई वर्षकी बालिकाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

जिल्लामा हाल भिटिएम किट पनि २७ वटा मात्र बाँकी छन् । प्राप्त २५२ वटा खर्च भइसकेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्क छ । हालसम्म एक हजार ९६८ को आरडिटी परीक्षण गरिएको जनाएको छ । जसमा ४०७ महिला र एक हजार ५६१ पुरुषको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो केही सातादेखि स्थानीय तहले सबै ठाउँमा गरेर १६७ शैयाको आइसोलेसन कक्ष बनाएका छन् ।

जिल्ला अस्पताल बाजुरामा १२ शैयाको आइसोलेसनकक्ष रहेको छ भने त्रिवेणी नगरपालिकामा ६०, बूढीगङ्गा नगरपालिकामा ३५, खप्तड छेडेदह गाउँपालिकामा आठ, गौमुल गाउँपलिकामा १०, बडिमालिका नगरपालिकामा ३७, स्वामीकार्तिक खापर गाउँपालिकामा एक हिमाली गाउँपालिकामा दुई र बूढीनन्दा नगरपालिकामा दुई गरी १६७ शैयाका आइसोलेसनकक्ष रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । रासस

ताजा अपडेट

भारतीय सेना प्रमुखको नेपाल भ्रमणले सम्बन्ध सुधार होला ?

काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीले प्रभावित भारतले नेपाललाई महामारीविरुद्ध लड्‍न सहयोग प्रदान गर्दैआएको छ । महामारीका लागि भारत सरकारले...

शुक्रबार गण्डकीमा थपिए २६९ काेराेना संक्रमित

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो शुक्रबार २६९ जना कोरोना संक्रमित थपिएका छन् । भने तीन जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१५ का ८१...

चितवनमा कारको ठक्करबाट महिलाको मृत्यु

भरतपुर । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया...

मुकेश चाैरसियाकाे आठ दिनपछि अन्त्येष्टि

पर्सा । नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । मृत्यु भएकाे आठ दिनपछि चौरसियाको...

टर्की र ग्रीसमा शक्तिशाली भूकम्प

एजेन्सी । ग्रीस र टर्कीमा शक्तिशाली भूकम्प गएको गएकाे छ। टर्कीको इजमिर प्रान्तमा गएको ७.० म्याग्निच्युडको भूकम्पको कम्पन एथेन्स र इस्तानबुलसम्म महसुस गरिएको थियो ।...

इन्स्पेक्टर तिमिल्सिना बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी

काठमाडौं । इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिनालाई बागमती प्रदेशको उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे छ । इन्सपेक्टर तिमिल्सिनाले विभिन्न मितिमा गरी...

बेनीमा फेरि लकडाउन

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा एक साता पुन: लकडाउन गर्ने निर्णय गरेकाे छ । जिल्ला सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८०...

देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

काठमाण्डौ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा...

कुस्मामा कात्तिक २१ गतेसम्म निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्वतले सदरमुकाम कुस्मामा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै सदरमुकाम कुस्मा बजारमा कोरोना...

चर्चित

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या!

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम...

पाकिस्तानको संसदमा ‘मोदी-मोदी’, विदेशमन्त्री कुरेशी ‘तीन छक’

इस्लामावाद । पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद...

मुकेश चाैरसियाकाे आठ दिनपछि अन्त्येष्टि

पर्सा । नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । मृत्यु भएकाे आठ दिनपछि चौरसियाको...

छुरा प्रहारबाट २४ वर्षीय युवककाे मृत्यु

काठमाडौं । अज्ञात समूहकाे छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । काठमाडौंकाे धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४...

देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

काठमाण्डौ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा...

कलाकार सुशीला दाहालको निधन

काठमाडाैं । कलाकार सुशीला दाहालको निधन भएको छ। पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान ६७ वर्षको उमेरमा निधन भएको हो। कलाकार...

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...