खेती गर्ने बेलामा रासायनिक मलकाे अभाव

लमही । खेतीपातीका समयमा दाङ जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान समस्यामा परेका छन् । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेडले मल पर्याप्त मात्रामा नभएको जनाउँदै किसानको मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ ।

परिवर्तन कृषि सहकारी संस्थाले कृषकलाई खेतीपातीका लागि आवश्यक पर्ने दुई सय बोरा अनुदानको रासायनिक मल माग गरेकामा युरिया र डिएपी ३० बोरा मात्र पाइएको संस्थाका व्यवस्थापक प्रेम तिवारीले भने । सहकारीमा सोमबार मल लिन आउनुभएका कृषक सुन्दरलाल चौधरी नपाएर रित्तो हात फर्के ।

‘‘धान खेतीका लागि मल लिन आएको थिएँ तर मल पर्याप्त मात्रामा नआएकाले सकियो भन्नुभयो’’, उनले भने । ढुवानी बन्द हुँदा जिल्लाका घोराही, तुलसीपुर र लमही नगरपालिकामा मलको अभाव देखिएको हो । जिल्लामा लकडाउनका समयमा पनि ढुवानी भएर आएको मल सबै सहकारीलाई वितरण गरिएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

कृषि सामग्री कम्पनी घोराहीका प्रमुख विष्णुप्रसाद केसीले घोराहीमा डिएपी केही मात्रामा भए पनि युरिया भने नभएको जानकारी दिए । उनका अनुसार जिल्लामा यसअघि नियमित मल आए पनि हाल भने अभाव देखिएको छ । कम्पनीको सिफारिसमा इच्छुक सहकारीले भने भैरहवाबाट मल ल्याउने गरेको केसीको भनाइ छ । ‘‘हामीसँग स्टक छैन, जिल्ला आपूर्ति व्यवस्थापन समितिको बैठकले पनि आवश्यक मलका लागि सिफारिस दिने भन्ने निर्णय भएको छ’’, केसीले भने ।

त्यसैगरी कृषि सामग्री कम्पनी तुलसीपुरले पनि अनुदानको रासायनिक मल सकिएको जनाएको छ । कम्पनीमा आएको मल जति सबै सोमवार वितरण गरेसँगै अब एक बोरा पनि मल मौज्दात नभएको बताइएको छ । जिल्लामा २५० मेट्रिक टन मल आवश्यक पर्नेमा घोराही, तुलसीपुर र लमहीमा मात्र १०० मेट्रिक टन आवश्यक पर्ने बताइएको छ ।

आफूहरुलाई मल ल्याउन भैरहवा जान भनिएको तर बन्दाबन्दीका समयमा आफूहरु जान नसकेको सहकारी बताउँछन् । जिल्लामा कृषि सामग्री कम्पनीले कृषि सहकारीमार्फत अनुदानको मल किसानलाई उपलब्ध गराउँदै आएको छ । रासस

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित