भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण ६५ प्रतिशत पुरा

रूपन्देही । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५– ६६ प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयले जनाएको छ ।

भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ६ लेन सडक ३.६ किलोमिटर, विमानस्थलदेखि लुम्बिनीको पर्सा चोकसम्म चार लेन सडक १४.५ किलोमिटर र पर्सा चोकदेखि कपिलवस्तुको तौलिहवासम्म दुई लेन सडक २३ किलोमिटर गरी जम्मा ४१.१ किमी सडक निर्माणलाई निरन्तरता दिइएको सडक आयोजना कार्यालयको सूचना शाखाले जनाएको छ ।

भैरहवा–लुम्बिनी– तौलिहवासम्मको सडक निर्माणका लागि भारतीय निर्माण कम्पनी गवार कन्स्ट्रक्सन लिमिटेड गुणगाँवले सन् २०१७ जुन २२ मा सम्झौता गरेको हो । निर्माण शुरु गरिएको ३० महिना अर्थात् २०२० जनवरी १२ सम्म सक्ने सम्झौता भए पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै २०२० अप्रिल ३० सम्म म्याद थपेको थियो ।

थपिएको म्यादसम्म पनि मजदूरको अभाव र नदीजन्य पदार्थको समस्याका कारण पूरा गर्न नसकिएको जनाउँदै सडकका आयोजना प्रमुख प्रदीपराज शाक्यले अबको तीन महिनामा निर्माण पूरा हुने जानकारी दिए । एशियाली विकास बैंकको आर्थिक सहयोगमा रु दुई अर्ब १६ करोड ८५ लाख ७५ हजार ९११ को लागतमा निर्माण भइरहेको सो सडकका बीच भागमा ग्रिन बेल्ट तथा दायाँबायाँ सर्भिस लेन र नाली रहने आयोजना प्रमुख शाक्यले जानकारी दिए ।

हालसम्म नाला, ग्याभिन (तारवाल), रुख कटान, बिजुलीका खम्बा तथा तार जडान र मुआब्जा वितरणको काम सकिएको बताउँदै सडकको प्राविधिक समन्वय, निगरानी र परीक्षण गर्ने इञ्जिनियरिङ कन्सलटेन्टका निमित्त टिम प्रमुख इ अयोध्या श्रेष्ठले अब भने कालोपत्रेको काम धमाधम भइरहेको जानकारी दिए ।

बन्दाबन्दी समयमा पनि नियमितरुपमा काम भइरहेको निर्माण कम्पनीका नेपाली प्रतिनिधि मधुसूदन आचार्यले भने, “निर्माणका क्रममा कुनै समस्या नपरे अबको तीन महिनामा सम्पूर्ण सडक निर्माणको कार्य पूरा गरिने छ ।”

नेपालमा पैदलमार्गबाट धेरै पर्यटक भित्रिने मुख्य नाकाका रुपमा रहेको बेलहियासंँग बुद्धचोक हुँदै जोडिएको सो सडकको निर्माणपछि बुद्ध जन्मस्थल लुम्बिनीलगायत बुद्धस्थल अवलोकन भ्रमणमा यात्राका लागि सजिलो हुने देखिएको छ । निर्माणको अन्तिम अवस्थामा पुगेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल करीब दुई महिनापछि सञ्चालन भएसंँगै सो सडकले पर्यटन तथा औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण टेवा दिने उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले विश्वास व्यक्त गरे । रासस

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

कोरोना संक्रमितलाई ‘रेम्डेसिभिर’ औषधि उपचारमा प्रयोग गर्न स्वीकृती

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको औषधि प्रयोगमा आएको छ । फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई नै प्रयोग गर्न...

उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

सोल । उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सुचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उहाँको तस्बिर नै सार्वजनिक भएको छ ।...

नेकपा सचिवालय बैठक साढे पाँच बजे

काठमाडौ। अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरि बस्दैछ । उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रधानमन्त्री...

ओलीले गरे आत्मालोचना,बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

काठमाडौं । चर्को बिबादका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेकपा सचिवालयको बैठक सम्पन्न भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले आत्मालोचना गरेका छन् । प्रधानमन्त्री...

अब सरकारको काम गर्नेले मात्र पाउछन् राहत

काठमाडौं ।  अब सरकारको काम गर्नेले मात्र राहत पाउने भएका छन्। लकडाउनका कारण प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र सरकारले राहत दिने...

एनआईसी एशियाले सुरु गर्‍यो कोभिड १९ सम्बन्धी बीमालेखको अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसीबसी कोभिड १९ नामको बीमालेख खरिद गर्न सहज होस् भन्ने उद्देश्यले नयाँ अनलाइनपोर्टलको शुभारम्भ गरेको छ...

बजेट निर्माणमा फेरिएको दृश्य

काठमाडौँ । बजेट निर्माण पूर्वसरोकारवाला सबै निकायसँगको नियमितजस्तो छलफलले यतिबेला अर्थ मन्त्रालय निकै व्यस्त रहन्थ्यो । निजी क्षेत्रका विभिन्न विषयगत सङ्गठनका प्रतिनिधिबीच हरेक दिनजसो...

‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’

एजेन्सी। अधिकांश खेलाडीहरु कोरोना भाइरसको महामारी जारी नै रहेका बेला खेलमा फर्किन डराइरहेको म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जिया अग्युरोले बताएका छन्। कोरोना भाइरस संक्रमणपछि स्थगित लिगहरु...