आमाको चिहान नजिकै गाडिनेछ जर्ज फ्लोयडको शव

एजेन्सी । अफ्रिकी अमेरिकी जर्ज फ्लोयडको अन्तिम संस्कारका बेला रङ्गभेदविरुद्ध मानिसहरुको भावना स्पष्ट देख्न पाइएको छ । टेक्सस प्रदेशको ह्यूस्टटन शहरमा उनको अन्तिम संस्कारका लागि सयौं संख्यामा मानिसहरु जम्मा भए ।

उनको अन्तिम संस्कारमा समावेश भएका थुप्रै मानिसहरुले जर्जलाई सधैं यस्ता व्यक्तिको रुपमा याद गरिने बताए जसको एउटै अपराध थियो कि उनी जन्मँदा ‘काला’ थिए । २५ मे मा मिनियापोलिसमा एक प्रहरी अधिकारीले फ्लोयडलाई पक्राउ गर्नेबेला लगभग ९ मिनेटसम्म आफ्नो घुँडाले उनको घाँटी थिचेका थिए जसका कारण उनको मृत्यु भएको थियो ।

यसका लागि चार प्रहरी अधिकारीविरुद्ध कारवाही गरियो । जर्जको कफिनलाई ह्यूस्टन मेमोरियल गार्डमा उनकी आमासँगै गाडिनेछ । फ्लोयडका एक आफन्तले कानूनमा परिवर्तनको आह्वान गरेका छन् । उनका अनुसार अहिलेको कानून अश्वेत व्यक्तिहरुलाई वञ्चित गर्नका लागि नै बनाइएको थियो ।

ह्यूस्टनको द फाउन्टेन अफ प्रेज चर्चमा फ्लोयडलाई श्रद्धाञ्जली दिनेमा सर्वसाधारणका साथै थुप्रै राजनेता पनि समावेश थिए । अमेरिकाका पूर्व उपराष्ट्रपति तथा यो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका प्रत्याशी जो बाइडनले ह्यूस्टनमा जर्ज फ्लोयडका आफन्तसँग भेट गरेर आफ्नो समवेदना प्रकट गरे । स्रोतः बीबीसी

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित