मालिकाले बाँड्यो ३६ लाखको राहत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना भाइरस फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण रोजीरोटी गुमाएकालाई रु ३६ लाख मूल्य बराबरको राहत खाद्यान्न सामग्री वितरण गरेको छ ।

सात वडाका दुई हजार ८६ घरधुरीलाई रु ३६ लाख ८७० मूल्य बराबरको राहत खाद्यान्न वितरण गरिएको गाउँपालिकाले सार्वजनिक गरेको हो । रु ३२ लाख एक हजार ३४५ मूल्यको ५३ हजार ९१० किलोग्राम चामल, रु एक लाख ४१ हजार ६२५ मूल्यको तीन हजार ६०० किलोग्राम दाल वितरण गरिएको गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसीले जानकारी दिए ।

यसैगरी रु ७५ हजार ६०० मूल्यको तीन हजार ६०० किलोग्राम नुन र रु एक लाख ८२ हजार २०० मूल्य बराबरको दुई हजार ३५० लिटर तेल वितरण गरिएको अधिकृत केसीले बताउनुभयो । प्रदेश सरकारले बनाएको मापदण्डअनुसार परिवारको सदस्य सङ्ख्याका आधारमा बस्तीबस्तीमा पुगेर राहत उपलब्ध गराइएको हो । कोरोना रोकथाम, नियन्त्रण, व्यवस्थापन तथा राहत वितरणमा अपारदर्शिताको प्रश्न उठिरहेका बेला मालिका गाउँपालिकाले खर्च विवरण सार्वजनिक गरेको हो । जिल्लाका अन्य पाँच स्थानीय तहहरुले भने राहत वितरणमा भएको खर्च विवरण अझै सार्वजनिक गरेका छैनन् ।

यसैबीच म्याग्दीका स्थानीय तहहरुले विदेशमा रहेका नागरिकको विवरण सङ्कलन शुरु गरेका छन् । कोरोनाको जोखिम र बन्दाबन्दीका कारण रोजगारी गुमाएर प्रवासमा समस्यामा परेका नागरिकको उद्धारको तयारी गरेको छ । विदेशमा समस्यामा परेकाको उद्धारकार्यलाई सहज, व्यवस्थित बनाउन वडाका जनप्रतिनिधि र कर्मचारीमार्फत भारत, खाडी र युरोपका देशमा रहेकाहरुको विवरण सङ्कलन शुरु गरेको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले बताए ।

यसैगरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६–७७ को ११ महिनाको अवधिमा पूँजीगततर्फ २६ दशमलव ६३ प्रतिशत बजेट खर्च गरेको छ । पूँजीगततर्फ कूल रु १५ करोड ६९ लाख ३३ हजार ९४३ बजेट विनियोजन भएकामा जेठ २७ गतेसम्म रु चार करोड १२ लाख ६१ हजार ९१७ बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

चालूतर्फ यस आवमा विनियोजित रु १८ करोड २७ लाखमध्ये रु नौ करोड २० लाख अर्थात् ५० दशमलव ४१ प्रतिशत बजेट खर्च भएको छ । ११३ पूर्वाधारसम्बन्धी योजना सञ्चालन गरेकामा २३ सम्पन्न भएका छन् । ६० योजना सञ्चालनमा रहेका र बाँकी ३० योजना सम्झौता हुन सकेन । चैत मसान्तसम्म सबै योजना सम्झौता र जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोरोनाको जोखिम तथा बन्दाबन्दीका कारण योजना कार्यान्वयनमा समस्या भएको छ ।

सङ्घीय सरकारबाट राजश्व बाँडफाँडअन्तर्गत यस आवमा रु सात करोड २६ लाख बजेट आउनुपर्नेमा रु तीन करोड ६९ लाख मात्रै आएको र त्यसअन्तर्गत सञ्चालन भएकाका योजनाको भुक्तानी गर्न समस्या भएको छ । प्रशासकीय अधिकृत सुवेदीका अनुसार करिब ६० लाख रकम बराबरका साना योजना सम्झौता हुन सकेनन् । आवश्यकताका आधारमा आगामी आर्थिक वर्षमा ती योजनालाई निरन्तरता दिइने उनले बताए । रासस

ताजा अपडेट

आज मंसिर ११ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो...

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४८ जना संक्रमित...

चीनका थप ४३ एप्समाथि भारतले लगायो प्रतिबन्ध

काठमाडाैँ । भारत सरकारले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगाएको छ । यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा...

कोरोना नियन्त्रणको नाममा ब्रम्हलुट : एउटा लाइफबोय साबुनको ३ हजार ?

काठमाडाैँ । कोरोना नियन्त्रणको नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गरिरहेको खुलासा भएको छ । सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरकापालिकाले कोरोना...

५० प्रतिशत नेपाली जनता भन्छन्- राष्ट्रपति र प्रधानमन्त्री भ्रष्टाचारी!

काठमाडाैँ । एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख गरेको छ। ५८...

सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

काठमाडाैँ । अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै...

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ७ सय ९० जना...

ओम्नीलाई क्लीन चिट दिलाउन न्यायलयमा प्रधानमन्त्रीकाे दबाब

काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथामका लागि गत चैतमा सरकारले खरिद गरेका स्वास्थ्य सामग्री गुणस्तरहीन भेटिएपछि आपूर्तिकर्ता कम्पनी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनललाई सार्वजनिक खरिद अनुगमन...

भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा

एजेन्सी । हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ । दुबैलाई १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार...

चर्चित

बलिउडकी मोडलको दाबी- लुगा फेर्न लाग्दा निर्माता कोठामा आए

मुम्बई । बलिउडकी मोडल मन्दना करीमीले फिल्म निर्मातामाथि गम्भिर आरोप लगाएकी छन्। ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोका कोलामा...

आज मंसिर ९ गते मंगलबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त...

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ७ सय ९० जना...

सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?

काठमाडाैँ । अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै...

भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा

एजेन्सी । हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ । दुबैलाई १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार...

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४८ जना संक्रमित...

चीनका थप ४३ एप्समाथि भारतले लगायो प्रतिबन्ध

काठमाडाैँ । भारत सरकारले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगाएको छ । यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा...

ओम्नीलाई क्लीन चिट दिलाउन न्यायलयमा प्रधानमन्त्रीकाे दबाब

काठमाडौँ । कोभिड–१९ संक्रमण रोकथामका लागि गत चैतमा सरकारले खरिद गरेका स्वास्थ्य सामग्री गुणस्तरहीन भेटिएपछि आपूर्तिकर्ता कम्पनी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनललाई सार्वजनिक खरिद अनुगमन...

१ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि, ३ हजार ४३ जना डिस्चार्ज

काठमाडाैं । नेपालमा आज थप १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २...