टेकुको जनस्वास्थ्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रियस्तरको मान्यता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो ।

नेपालस्थित सङ्गठनका प्रतिनिधि डा.सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा.रुना झालाई आज यहाँ आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन् प्रयोगशालाबाट एकपटक परीक्षण भएपछि त्यसले अन्तर्राष्ट्रियस्तर मान्यता पाउने गर्छ ।

यसअघि अन्तर्राष्ट्रिय मापदण्डको मान्यता पाउने चारवटा निजी क्षेत्रका प्रयोगशाला रहेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को लडाइँ लडिरहेका बेला सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउनु खुशीको कुरा भएको बताए । उनले पहिले दैनिक सयमात्र गरिने कोभिड–१९ को परीक्षणलाई हजारको सङ्ख्यामा प्रयोगशालाले पु¥याएको समेत बताए ।

मन्त्री ढकालले कोभिड–१९ बाट मुलुक आक्रान्त नभएको भए यतिबेला स्वास्थ्य सेवामा सुधार आएको अनुभूति नागरिकलाई दिलाउने सकिने बताए । उनले अहिले मन्त्रालय विशिष्ट श्रेणीका कर्मचारीका सरुवा सहमतिकै आधारमा गरिएकाले अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरे ।

प्रमाणपत्र बुझ्दै प्रयोगशालाकी निर्देशक डा.झाले प्रयोगशालाका कर्मचारीको अथक प्रयासले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको बताइन् । उनले पाँच वर्षदेखि नै प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कोशिस गरे तापनि औपचारिकरुपमा एक वर्षअघिदेखि काम गरिएको उल्लेख गरिन् ।

‘अन्तर्राष्ट्रिय मान्यता पाएसँगै अब हाम्रो सेवा पनि गुणस्तरीय, विश्वसनीय रहेको छ’ उनले भनिन्, ‘अब हामीले कुनै पनि नमूना परीक्षण गर्नका लागि बाहिर पठाउनु पर्दैन ।’ उनका अनुसार प्रयोगशालाले उक्त मान्यता पाउनका लागि सयभन्दा बढी प्रमाण आइएसओलाई बुझाउनुपरेको थियो ।

प्रमाणपत्र दिनुभन्दा अगाडि भारत, दुवई र न्यूजिल्याण्डबाट आएका विज्ञहरुको टोलीले प्रयोगशालामा भएका विविध कुराको अध्ययन अनुसन्धान गरेका थिए । गुणस्तर तथा तालिम शाखा प्रमुख लिली श्रेष्ठले गत साउनदेखि मान्यता पाउनका लागि आफूहरुले प्रक्रिया शुरु गरेको बताइन् ।

‘हामीले साउनदेखि प्रक्रिया शुरु गर्दा आइएसओका विज्ञ टोली आएर हाम्रो प्रयोगशालाका बारेमा अध्ययन गर्नुभयो’ उनले भनिन्, ‘त्यही विज्ञ टोलीको सिफारिसमा हामीले मान्यता पाएका हौँ ।’ उनका अनुसार नेपालले ६४ वटा परीक्षणमा मान्यता पाएको हो । अहिले प्रयोगशालाले १०० भन्दा बढी परीक्षण गर्दै आइरहेको छ ।

यसअघि कोभिड–१९ का पहिलो सङ्क्रमित युवाको स्बावको नमूना परीक्षण गर्नका लागि हङ्कङ पठाइएको थियो । प्रयोगशालाका निर्देशक डा.झाले प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाए पनि भौतिक पूर्वाधारमा कमजोर रहेकाले नयाँ भवन बनाएर व्यवस्थित बनाइने बताइन् । कार्यक्रममा आइएसओका प्रतिनिधि डा.जोशीले विभिन्न अध्ययन अनुसन्धान गरेर नै प्रयोगशालाको अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता दिएको बताए ।

उनले अब यही प्रयोगशालाले परीक्षणको रिपोर्ट दिएपछि अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउने बताए । मन्त्रालयको प्रमुख जनस्वास्थ्य विशेषज्ञ डा.रोशन पोखरेलले सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मान्यता पाउने खुशीको कुरा भएको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले कोभिड–१९ रोकथाम र नियन्त्रणमा सफलता प्राप्त गरिने बताए । प्रयोगशालामा वर्षेनी करिब १ लाखभन्दा बढी परीक्षण गरिँदै आइरहेको छ । रासस

ताजा अपडेट

विवाद बढेकाे बेला सचिवालय बैठककाे औचित्य छैन त्यसैले अब बैठक नराखौं : केपी ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकको औचित्य नभएको बताएका छन् । मंगलबार बालुवाटारमा बसेकाे नेकपा सचिवालय...

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

 झापा । जिल्ला प्रहरी कार्यालय झापाले एकजना फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दमक नगरपालिका-७ बस्ने ६५ वर्षीय टेकबहादुर नेम्बाङ रहेका प्रहरीले...

बालुवाटारबाटै देशभर गुटबन्दी गरेकाे प्रचण्डकाे आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा ठूलो अहंकार देखिएको आरोप लगाएका...

नेकपा सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन

काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा...

काेसँग लगनगाँठाे कस्दै छन् रमेश प्रसाई?

काठमाडाैं । नवगायक तथा प्रखर वक्ता रमेश प्रसाईले लगनगाँठाे कस्ने भएका छन् । रमेशले यहि मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र...

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ। गत २४ घण्टामा १ हजार ३ सय ४ जना...

नेकपा सचिवालय बैठक दुई अध्यक्षकाे प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा दुई अध्यक्षकाे प्रस्तावमाथि छलफल सुरु भएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मंगलबार बसेकाे बैठकमा प्रधानमन्त्रीसमेत रहेका...

काठमाडौं उपत्यकामा थपिए ५३० कोरोना संक्रमित

काठमाडौं । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ३० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी...

पछिल्लाे २४ घण्टामा देशभर थपिए १३०४ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा आज थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४...

चर्चित

‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स (भिडियाेसहित)

काठमाडाैं । कलाकार प्रकाश सपूत र गायिका अनिता चलाउनेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ । गीतमा सपूत स्वयंमको शब्द तथा संगीत छ । प्रकाश...

चीनले किम र उनको परिवारलाई कोरोना खोप दिएको खुलासा

एजेन्सी । चीनले किम जोङ उन र उनको परिवारलाई कोरोना भाइरसविरूद्दकाे खोप दिएको खुलासा भएकाे छ। किम र उनको परिवारलाई आफ्नो कोरोना भाइरस खाेप दिएको...

फेसबुकमा अश्लिल फोटो हालेर भाइरल गराईदिने भन्‍दै ठग्‍ने दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले ३० हजार रूपैयाँ ठगी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका-३ का ३१ वर्षीय...

पाँच दिनदेखि बेपत्ता युवकको शव भेटियो

बिराटनगर । पाँच दिनदेखि बेपत्ता सुनसरीका एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । सोमबार...

बढ्याे सुनको मूल्य

काठमाडौं । पछिल्ला केहिदिन निरन्तर घटेकाे सुनकमाे मूल्य मंगलबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर...

राजावादीको जुलुसमा नजान सरकारकाे अपील

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनमा नजान सरकारले अपिल गरेकाे छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं...

स्कुल बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

नवलपुर । पूर्वी नवलपरासीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् । पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका-९...

आचार्य, कँडेल र पाण्डेको नाम सचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले तीन जना सह-सचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे ७० औँ सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएकाे बैठक प्रधानमन्त्रीसमेत रहेकाे नेकपा अध्यक्ष केपी...