रोगभन्दा भोकको पीडा सहन सकिएन सरकार !

सप्तरी । घरबारविहीन भएपछि ससुरालीमा आश्रय लिइरहनु भएका राधेश्याम देव बिहानै निन्याउरो अनुहार लिएर साहुको ऋण तिर्न जोरजार गरी रु १०० बटुलेर घरबाट निस्कनुभयो ।

२५ वर्षीया सुत्केरी श्रीमती मनोरमालाई स्याहार्न अस्पतालमा बस्दा लिएको ऋण रु ३०० खर्च भएको थियो । यसबीचमा तरकारी बेच्नै नपाउँदा खेतमा नै कुहिएछ । “साहुले पैसा चाहियो भनेर पटक पटक ताकेदा गरेर धम्क्याए , अर्कोपटक उधारो नदेला भन्ने भयले रु १०० भए पनि बुझाउन निस्केए ।”उहाँले रासससित भन्नुभयो ।

काखमा १९ दिनकी छोरी च्यापेकी मनोरमा चुलो अगाडि टोलाएकी छन् । उनीले भनिन्, “कसैले असहायका लागि चामल बाँडेको छ कि खाना खुवाउँदैछ भनेर भौतारिरहेका होलान् । गएको चार घण्टा भयो , अहिलेसम्म फर्किएका छैनन् । ”

घरका सबैजना राधेश्यामको पर्खाइमा छन् । सुत्केरीलाई औषधि र पौष्टिक आहारा चाहिएको छ, काखे छोरीभन्दा माथिका चार र पाँच वर्षका दुई छोरी सहित सबैलाई खाना चाहिएको छ । चुलोमा दाउरा नपरेको तीन दिन भइसक्यो । “एकछिन् भोक सह, खाना आइहाल्छ”, मनोरमाले छोरीहरूलाई आश्वासन दिइन् । यो सुनेर माइली छोरी घर अगाडि बुवा आउने बाटोमै गएर पर्खिन थालिन् ।

सुख त यिनलाई पहिले पनि थिएन । विषहरिया गाउँबाट उठिवास भएपछि राजविराज आएका उनीहरूले बजारकै साहुजीसँग रु दुई-तीन सयको तरकारी किनेर बेच्न थाले, कहिले केरा बेच्थे । तर लकडाउन शुरु भएपछि राम्ररी बेच्न पाएका छैनन् । लुकीछिपी बेचेको थाहा पाएर आउने प्रहरीको सङ्केत पाएपछि भागाभाग गर्नु पथ्र्याे । भाग्न नसके लाठीको कुटाइ खानुपथ्र्यो । मनोरमा भन्छिन्, “बिहान, दिउँसो पोशाकमा आएर लघाथ्र्यो, साँझ सादा पोशाकमा तरकारी किन्न आउँथ्यो ।”

लकडाउन नहुँदा हातगोडा चलाएर जसोतसो दिन बितिरहेकै थिए । यसोउसो गरेर छोरीहरूको मुखमा माड लागेको थियो । ठ्याक्कै देशमा लगडाउन शुरुभएसँगसँगै उनको पेटमा पनि लकडाउन भइदियो । घरभाडा तिर्न नसकेर राजविराज–७ थानगाछीबाट निकालिएपछि मनोरमा सपरिवारका साथ सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित माइत आएर बसेकी छन् । माइतमा एक्ली वृद्ध आमामात्र छिन् । अप्ठ्यारो परेका बेला आमाले छोरी र छोरीले आमाको साथ त पाएका छन् तर ‘जोगीका घरमा सन्यासी पाहुना’ जस्तो ।

देव दम्पतीले हातमुख जोड्नका लागि सङ्घर्ष गर्न राजविराजबाहेक अर्को ठाउँ देखेका छैनन् । राधेश्यामले बल्ल मुख खोले, “हाम्रो त जाने ठाउँ पनि छैन, अर्को सीप पनि छैन, भोकले मरे पनि रोगले मरे पनि अब यहीँ मर्ने हो ।”

मनोरमा यसैबेला सुत्केरी भएकी छन् । वर्षेनी दुई छोरी भएको चार वर्षपछि फेरि छोरी भएको छ । सुत्केरी भएको एक सातामै निकै बिरामी परेर अस्पताल भर्ना भइन् । अस्पतालको १० दिनको बसाइपछि झोलाभरि चिकित्सकले लेखिदिएको पुर्जा लिएर फर्केकी छिन् । भोको पेटसँग अब धेरै जुध्न सकिन्न भन्ने लागेको उनले हरेश खाएकी छिन् । मनोरमाको नागरिकता, विवाह दर्ता छैन, छोरीहरूको जन्मदर्ता पनि छैन । यसको जरुरी नै परेको छैन उनीहरूलाई । एकमुठी स्वास र सँगै हुर्किरहेका छोरीको जीवन बचाउने अभिभारा नै पूरा गर्न नसक्ने अवस्थामा छन् देव दम्पती । मनोरमाको तरकारी बेच्ने काम रोकियो तर रोग र भोक रोकिएन ।

“शुरु शुरुमा त सँगै फोटो खिचिदिएवापत राहत दिनेहरू पाइएको थियो”, एकपटक आफूले पनि राहत थापेको स्मरण गर्दै राधेश्याम भन्छन्, “‘खाली हात घर जान मन नलागेर त्यस्ता मानिस भेटिन्छन् कि भनेर बजारमा भौँतारिएको थिएँ, पाइएन ।”

गाउँमै सरकार र सिंहदरबारको कुरा उनले पनि सुनेका छन् । स्थानीय सरकारले वडामा रहेका गरिब मजदुरको लगत सङ्कलन गर्‍यो । सरकारले बाँडेको राहत सबैलाई दिनुपर्छ भनेर धनीले पनि मागेपछि वडाका एक हजार १९१ परिवारलाई १५ किलो चामल, दुई किलो दाल, एक-एक किलो नुन र खानेतेल वितरण हुने भयो । वडाका १५ परिवारबाहेक धनी–गरिब सबैले राहत लिँदा वास्तविक गरिबको भागमा थोरै राहत पर्न गएको राहत वितरण सर्वदलीय समितिका सदस्य अशोककुमार यादवले बताउनुभयो । लकडाउनको ७६ दिनको अवधिमा एकपटक राहत वितरण भएपछि दोस्रोपटक राहत वितरण भएको छैन ।

बाँसको टाँट र माटोले बनेको सानो झुपडीको एउटा कोठामाथिको छानो छैन । बर्खाको झरी र हिउँदको घामले चुहिने अर्को एउटा कोठामा रहेको खाटमा सपरिवार सुत्छन् । सुत्केरी मनोरमालाई पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ । गरिबी, बेरोजगारी त्यसमाथि सुत्केरी र बिरामीले खुबै सताएको छ । काखमा १९ दिनकी छोरी च्यापेकी मनोरमाले आँखाभरि आँसु लिँदै भनिन्, “भोकको पीडा त खप्नै पो नसकिने हुन्छ ।”

ताजा अपडेट

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

२५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेटसहित दुई जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । झापाकाे गौरीगंज गाउँपालिका-५ फत्तेपुरबाट लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट...

चर्चित

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन मार्फत सञ्चार तथा...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

३ लाख २१ हजार रूपैयाँ नक्कली नोटसहित एक जना पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार रूपैयाँ नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८...

चिनियाँ एजेन्टद्वारा सीमामा अड्किएका कन्टेनरहरू पास गर्न पैसा माग

काठमाडाैँ । काठमाडौं र देशका अन्य शहरहरूका २ हजार भन्दा बढी व्यापारीहरूले ६ महिना देखि चीनको सीमावर्ती क्षेत्रबाट नेपालमा आफ्नो सामान ल्याउन नसक्दा करोडौं...