रुकुम घटनाबारे इन्सेकले बुझायो प्रतिवेदन, यस्ता छन् निष्कर्ष

काठमाडौं । इन्सेकले चौरजहारी घटनाका आरोपितलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। इन्सेकले चौरजहारी घटनाबारेको प्रतिवेदन संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेललाई बुझाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ नेतृत्वको टोली सोमबार संसद भवन नयाँ बानेश्वर पुगेर सभापति पोखरेललाई सो प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्दै सभापति पोखरेलले यस्तो जघन्य घटनामा दोषीलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन आफू र मानव अधिकार समितिले कुनै कसर बाँकी नराख्ने बताए।

उनले भने, ‘त्रुटिपूर्ण सामाजिक मान्यताको अन्त्य नभएसम्म यस्ता घटना भइरहने हुँदा त्यस्ता मान्यताको जरोमुलो उखेल्नु पर्छ।’ सो टोलीले सोमबार नै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौड्याललाई पनि प्रतिवेदन बुझाएको छ।

प्रतिवेदन बुझाउँदै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले थातथलोमा नै पुगेर तयार पारिएको प्रतिवेदनले आयोगको कामलाई सहयोग पुग्ने अपेक्षा रहेको बताए। आयोगका सदस्य पौड्यालले मानव अधिकार उल्लङ्घनका जुनकुनै घटनामा पनि इन्सेकको अध्ययनलाई सन्दर्भ सामग्रीका रूपमा लिने गरेको बताउँदै यो प्रतिवेदनले पनि आयोगको काममा सहयोग पुग्ने उल्लेख गरे।

यस्ता छन्, प्रतिवेदनमा उल्लेख गरिएका तथ्यहरू

१) कथित माथिल्लो जातिकी किशोरी र कथित दलित किशोरबीचको प्रेमसम्बन्ध अन्ततः हत्या जस्तो गम्भीर अपराधका रूपमा परिणत भएको छ।

२) स्थानीयहरूले घरेलु हातहतियारसहित (हँसिया, कुटो र दाउरा) लखटेको र भेरी नदीको किनारमा पु¥याई ती हतियार प्रयोग गरी आक्रमण गरेका थिए।

३) स्थानीयको कुटपिटबाट मृत्यु भएका युवाहरूको शव विभिन्न मितिमा भेरी नदीमा मृत अवस्थामा फेला प¥यो।

४)भेरी नदीमा फेला परेका शवको प्रकृति हेर्दा पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको अवस्थामा थिए।

५) घटनामा दोहोरो भिडन्त वा प्रतिकार भएको थिएन । घटनामा संलग्न कुनै पनि स्थानीयलाई चोटपटक लागेको वा घाइते भएको पाइएन।

६) घटना शुरु भएको आधा घण्टापछि घटनास्थल पुगेको प्रहरीले १२ जनालाई उद्धार गरेको थियो। उद्धार गरेका सबै जनाको चौरजहारी मिसन अस्पतालमा उपचार गराई अभिभावको जिम्मा लगाएको पाइयो।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित