कौसीमा गमले स्याउ

कास्की । पोखरा–७ मासबारस्थित घरको छतमा लटरम्म पेपिनो मेलन अर्थात् गमले स्याउ फलेको छ । बन्दाबन्दीको समयलाई भरपुर सदुपयोग गर्दै लोचना अधिकारी र उनका श्रीमान् लालबहादुर पौडेल यतिबेला गमले स्याउको उत्पादमा व्यस्त छन ।

पेशाले सहारा आधारभूत विद्यालयका प्रधानाध्यापक अधिकारी कृषिकर्ममा पनि उत्तिकै चासो राख्छन । बन्दाबन्दीको समयमा उनको करेसाबारी होस् या कौसी होस् पेपिनो मेलन र अन्य तरकारी फलाएर आफ्नो कृषिकर्मलाई उजागार गरेकाे छ ।

उनीसँगै नयाँ फल गमले स्याउको उत्पादनमा श्रीमान् लालबहादुर पौडेल पनि सक्रिय छन । राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील पौडेलले काठमाडौँ भाटभटेनीमा यो फल पहिलोचोटी देखेको बताए । “निकै महँगो हुँदो रहेछ त्यतिबेला भाटभटेनीमा रु एक हजार २०० मा बिक्री हुने रहेछ । बहुउपयोगी गुण भएको यस फलका बारेमा बुझ्दै जाँदा निकै राम्रो लाग्यो र बेर्ना खोजेर यस फलको उत्पादनमा हामी लाग्यौँ ।” शुरुमा आफ्नै लागि मात्रै लगाए पनि पछिल्लो समय यसको व्यावसायिक उत्पादनमा जोड दिन थालेको उनको भनाइ छ ।

अधिकारीले अधिवक्ता महेन्द्रमान व्यथितबाट पेपिनो मेलनको बहुउपयोगी गुणका बारेमा जानकारी पाएपछि यस फलको बिरुवा खोजीमा लागेको बताए । “हामी दुवैले यसका बारेमा बुझ्यौँ र काठमाडौँबाट एउटा बेर्नाको रु ५०० का दरले १५ वटा बेर्ना किनेर ल्यायौँ, तर शुरुका बेर्ना अत्यधिक पिना र हड्डीको धुलोले गर्दा मर्न थालेपछि ल्याएका नयाँ २५ बेर्ना भने जोगाउन सफल भयौँ ।”

अधिकारीका अनुसार यस फलको दाना प्रशस्त पाकेपछि रातो हुन्छ र खाँदा गुलियो हुन्छ । जुस, जाम र वाइनका रुपमा पनि यसलाई खान सकिन्छ भने काँचोमा यसलाई तरकारीका रुपमा पनि प्रयोग गर्न सकिन्छ । एक वर्षीय सदावहार बिरुवा भए पनि नमर्ने भएकाले फल लागेका पुरानो हाँगा काटेर फेरि पनि हाँगा पलाउने र फल्ने हुँदा यसलाई बहुवर्षीय बिरुवा मानिन्छ । इजरायली चिनी रोग एशोसिएसनका अनुसार यस फलमा चिनीको मात्रा एकदम न्यून हुने भएकाले सुगरका (चिनीरोग) बिरामीलाई पनि उपयोगी मानिन्छ ।

उनले करेसाबारीमा फलेको भन्दा कौसीको गमलामा फलेको फल बढी स्वादिष्ट हुने गरेको सुनाए । एउटा गमलामा चार पाँच किलोसम्म फल लाग्ने गरेको छ । उनले सामाजिक सञ्जालमा पेपिनो मेलनको बारेमा राख्न थालेपछि धेरैले चासो दिन थालेका छन् । कति घरमै आएर फल चाख्ने र बेर्ना लिएर जाने गरेका छन् । अहिले १५० किलोसम्म फल फलेको छ । यो फल अहिले ३०० देखि ५०० किलोसम्म बिक्री वितरण हुँदै आएको अधिकारीले बताए ।

अहिले अधिकारी दम्पतीको रहर व्यावसायिकतातर्फ मोडिँदै गएको छ । फल बहुउपयोगी भएको थाहा पाएपछि आफन्त इष्टमित्र, साथीभाइलाई यो फल चखाउने र जानकारी दिन सक्रिय दम्पतीले करिब ५०० बेर्ना बेचिसकेका छन् । “शुरुमा हामीले फलबारेमा जानकारी दिँदै स्वाद चाख्न दिन्छौँ, बेर्ना लिन चाहानेलाई एउटा बेर्नाको ३०० मा बिक्री गर्छौं”, शुरुमा ५०० मा बेर्ना बेच्ने गरेको र पछिल्लो समय ३०० मा बेच्न थालेको पौडेलले बताए । आवश्यक परे घरमै गएर पनि गमलामा बेर्ना रोप्न र स्याहार गर्न सिकाउने गरेको उनको भनाइ छ ।

यस फललाई नेपालमा भित्र्याएर व्यावसायिकखेती प्रवद्र्धनमा पाथिभरा आयुर्वेदिक अस्पतालका अध्यक्ष बिपी तिमिल्सिनाको योगदान रहेको छ । दशक अगाडि क्यानडाबाट आएका एक विदेशी साथीले बारबरा एडम्सको एक कार्यक्रममा त्यो फल चखाएका थिए । असाध्यै स्वादिलो र बहुउपयोगी भनेर भने पनि ती साथीले त्यो फलका बारेमा थप जानकारी दिएनन् ।

तिमिल्सिनालाई फलका बारेमा जान्न र त्यसको उत्पादनमा रुचि लाग्यो । दक्षिण अफ्रिकाको सिसेन घुम्न गएका एक गुरुङ थरका साथीलाई त्यसबारेमा सोधेर बेर्ना मगाए । बडो जतनका साथ साथीले त्यस फलको बेर्ना ल्याइदिएपछि तिमिल्सिनामा उत्साह थपियो । अन्ततः उहाँले बेर्ना जोगाएर कलमी गरेर थुप्रै बिरुवा बनाएर यसको प्रवद्र्धन गर्न सफल भए । अहिले देशका विभिन्न जिल्लामा यो फल पुगेको छ ।

तिमिल्सिनाका अनुसार यो दक्षिण अमेरिकाबाट संसारभर फैलिएको फल हो । पेरु, न्यूजिल्याण्ड, अष्ट्रेलिया, जापानलगायतका देशका व्यावसायिकखेती हुने गरेको यस फल महँगो फलअन्तर्गत पर्छ । यसको बोट ९० देखि १५० सेमीसम्म उचाइको हुने गर्छ ।

अध्यधिक चिसो नहुने सुक्खा ठाउँमा पनि यसको राम्रो उत्पादन हुने गर्छ । भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘के’ तत्व हुने भएकाले यसले उच्चरक्ताचाप घटाउन, ग्याष्ट्रिक र अल्सरजस्ता रोगसँग लड्न प्रतिरोधात्मक क्षमता वृद्धि गराउँछ । मानव स्वास्थ्यका निम्ति प्रकृतिको वरदान मानिने यस फल इन्सुलिन नलिएका मधुमेहका बिरामीका लागिसमेत लाभदायक हुने उनको भनाइ छ । रासस

ताजा अपडेट

मुम्बई २६/११ आतंकी हमलामा मारिएकाहरूकाे सम्झनामा मैनबत्ती र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

आज मंसिर १२ गते शुक्रबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना...

बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय...

मुम्बई २६/११ आतंकी हमलाको विरोधमा मोटरसाइकल र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

सुरुमा नौ लाख नेपालीलाई कोरोना खोप

काठमाडाैँ । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको...

बेलायतमा एकै दिन ६९६ संक्रमितको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा बेलायतमा दैनिक मृतक...

प्रचण्डमाथि पार्टी फुटाउन खाेजेकाे आरोप

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित...

आज मंसिर ११ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो...

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४८ जना संक्रमित...

चर्चित

आज मंसिर १२ गते शुक्रबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना...

मुम्बई २६/११ आतंकी हमलामा मारिएकाहरूकाे सम्झनामा मैनबत्ती र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

आज मंसिर ११ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो...

मुम्बई २६/११ आतंकी हमलाको विरोधमा मोटरसाइकल र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

इनर-मंगोलियामा चिनियाँ ज्यादती, धम्की दिएर भाषामाथि प्रतिबन्ध

एजेन्सी । इनर-मंगोलियामा स्थानीय भाषाको शिक्षणमा लगाइएको प्रतिबन्धको विरोधमा हप्तौंसम्म बृहत प्रदर्शन गर्दै आफ्ना बालबालिकालाई विद्यालय नपठाउने घोषणा गरेका अभिभावहरुलाई जागिरबाट निकाल्‍ने धम्की दिएपछि...

कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरको सेवा एक साता स्थगित

कास्की । कर्मचमरीमा कोरोना संक्रमण देएिपछि पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा एक साताको लागि स्थगन गरिएको छ । महानगरपालिकाले आज एक सूचना जारी...

कर्णालीका सभामुख शाही चढ्ने गाडीमाथि अख्तियारले थाल्याे छानबिन

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही चढ्ने गाडीमाथि छानबिन थालेकाे छ। सरकारी खर्च निर्देशिकाविपरीत खरिद गरिएकाे उक्त गाडीमाथि अख्तियारले...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

दुबईबाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

काठमाडौँ| एक सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज संयुक्त अरब एमिरेट्स यूएईबाट पहिलो चार्टड बिमान उडेको छ | यूएईबाट...