एकैदिन १६ लाखको बोयर बोका बिक्री

दमौली । तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीका कृषकले एकैदिनमा रु १६ लाख बराबरको बोयर बोका बिक्री गरेका छन् । व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका यहाँका कृषकले आइतबार सो मूल्य बराबरको बोयर बोका बिक्री गरेका हुन् ।

पाथर्दी बोयर स्रोत विकास केन्द्रमा आबद्ध कृषकले २६ वटा बोयर बोका बिक्री गरेको अगुवा युवा कृषक शिवकुमार आलेले जानकारी दिए । पाथर्दीका १३ जना कृषकले पालेका बोयर बोका प्रतिकिलो रु एक हजार ४१० का दरले बिक्री गरिएको उहाँले बताए । उनका अनुसार बिक्री गरिएका बोका २६ किलोदेखि ४१ किलोसम्मका छन् ।

“बन्दाबन्दीकै बीचमा पनि बोयर बोका बिक्री गर्न सफल भएका छौँ”, उनले भने, “बाख्रापालन नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो ।” गरिबीको रेखामुनि रहेका यहाँका कृषक बाख्रापालनले ऋणमुक्त हुने प्रयासमा रहेको उनले बताए । “एकैदिन रु १६ लाखको कारोवार हुँदा यहाँका कृषकलाई ठूलो उत्साह मिलेको छ”, उनले भने ।

यहाँका कृषकले जेठ महिनाको पहिलो साता पनि रु पाँच लाख बराबरको खसी बिक्री गरेका थिए । त्यसक्रममा पोखरास्थित खसी बजारका व्यापारीले गाउँमै आएर खसी किनेर लगेका थिए । “यहाँको खसीको मासु गुणस्तरीय भएका कारण व्यापारी खसी किन्न गाउँसम्मै आउँछन्,” उनले भने, “बन्दाबन्दीका कारण खसी बिक्रीमा समस्या भइरहेको थियो तर अब बन्दाबन्दीकै बीचमा पनि खसी बिक्री हुन थालेको छ ।”

बोयर जातको खसी उत्पादनका लागि यहाँ पाथर्दी बोयर बाख्रा स्रोत विकास केन्द्र स्थापना गरिएको छ । केन्द्रमा अष्ट्रेलियाबाट तीन वटा बोयर जातको व्याड बोका खरिद गरेर ल्याइएको छ । कृषकले पालेका खसीलाई बोका लगाउन केन्द्रले रु ५०० लिने गरेको केन्द्रका अध्यक्ष खेमबहादुर थापाले जानकारी दिए ।

पाथर्दीमा उन्नत जातको बाख्रा उत्पादन केन्द्र बनाउने गरी खरी बाख्रामा नश्ल सुधार कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यो कार्यक्रम लागू गर्न लागिएको अगुवा कृषक आलेले जानकारी दिए । यस ठाउँबाट वार्षिक करिब रु डेढ करोडको खसी बिक्री हुने गरेको छ । खसी बिक्रीबाट एक जना कृषकले कम्तीमा रु तीन लाख र बढीमा रु १३/१४ लाख आम्दानी गर्ने गरेका छन् ।

यहाँका कृषकको आम्दानीको स्रोत नै बाख्रापालन बनेको छ । बाख्रापालनमा युवादेखि वृद्धसम्मको आकर्षण बढेको छ । युवा कृषक आलेले ७० वटा बाख्रा पालेका छन । उनले बाख्रापालनबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्छन । विसं २०६८ मा सब ओभरसियरको पढाइ उत्तीर्ण गर्नेबित्तिकै उनले व्यावसायिकरुपमा बाख्रापालनमा शुरु गरेका हुन । बुबाले परम्परागतरुपमा बाख्रापालन गर्दै आएकामा उनले त्यसलाई व्यावसायिक रुप दिएका थिए।

सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पाल्नुभएको छ । उनले वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्छन । सोही ठाउँकै खिमबहादुर थापाले ४० वटा बाख्रा पालेर वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्छन।

उनीहरु मात्रै होइन यस ठाउँका सबैले बाख्रापालनबाटै मनग्य आम्दानी गर्दै आएका छन । यहाँका ६० घरधुरी बाख्रापालनमा आबद्ध छन् । दिलमाया थापा, लुमाया थापा, देवी मोक्तान आले, नरमाया थापा, खेमबहादुर थापा, टकबहादुर थापालगायत व्यावसायिक बाख्रापालनमा आबद्ध छन् ।

परम्परागतरुपमा मात्रै बाख्रापालन गर्दै आएका यहाँका कृषकले विसं २०७१ देखि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आउनुभएका छन् । यहाँका कृषकले घटीमा १० र बढीमा ७० बाख्रा पालिरहनुभएको छ । रासस

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

कोरोना संक्रमितलाई ‘रेम्डेसिभिर’ औषधि उपचारमा प्रयोग गर्न स्वीकृती

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको औषधि प्रयोगमा आएको छ । फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले कोरोनाभाइरस सङ्क्रमणको उपचारमा इबोलाको औषधि रेम्डेसिभिरलाई नै प्रयोग गर्न...

उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

सोल । उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सुचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उहाँको तस्बिर नै सार्वजनिक भएको छ ।...

नेकपा सचिवालय बैठक साढे पाँच बजे

काठमाडौ। अध्यादेश प्रकरणपछि विवाद बढेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज फेरि बस्दैछ । उपाध्यक्ष वामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने प्रधानमन्त्री...

ओलीले गरे आत्मालोचना,बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

काठमाडौं । चर्को बिबादका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नेकपा सचिवालयको बैठक सम्पन्न भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले आत्मालोचना गरेका छन् । प्रधानमन्त्री...

अब सरकारको काम गर्नेले मात्र पाउछन् राहत

काठमाडौं ।  अब सरकारको काम गर्नेले मात्र राहत पाउने भएका छन्। लकडाउनका कारण प्रभावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र सरकारले राहत दिने...

एनआईसी एशियाले सुरु गर्‍यो कोभिड १९ सम्बन्धी बीमालेखको अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई घरमै बसीबसी कोभिड १९ नामको बीमालेख खरिद गर्न सहज होस् भन्ने उद्देश्यले नयाँ अनलाइनपोर्टलको शुभारम्भ गरेको छ...

बजेट निर्माणमा फेरिएको दृश्य

काठमाडौँ । बजेट निर्माण पूर्वसरोकारवाला सबै निकायसँगको नियमितजस्तो छलफलले यतिबेला अर्थ मन्त्रालय निकै व्यस्त रहन्थ्यो । निजी क्षेत्रका विभिन्न विषयगत सङ्गठनका प्रतिनिधिबीच हरेक दिनजसो...

‘काेराेनाका कारण खेलाडी मैदान फर्कन डराइरहेका छन्’

एजेन्सी। अधिकांश खेलाडीहरु कोरोना भाइरसको महामारी जारी नै रहेका बेला खेलमा फर्किन डराइरहेको म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जिया अग्युरोले बताएका छन्। कोरोना भाइरस संक्रमणपछि स्थगित लिगहरु...