अनलाइनबाट सङ्क्रमित भर्ना

विराटनगर । मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट सङ्क्रमितको भर्ना गरिने भएको छ ।

प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा सङ्क्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए।

सङ्क्रमित अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले अनलाइनबाट बेड ‘बुक’ गर्नसक्ने प्रबन्ध गरिएको मन्त्री घिमिरेले बताए।

उनका अनुसार सङ्क्रमितले बेड बुक गरेपछि बेड नं र सङ्क्रमितको ‘लोकेसन’का आधारमा भर्ना गरिने व्यवस्था गरिएको छ भने सङ्क्रमण देखिएको स्थानबाट एम्बुलेन्सले अस्पताल ल्याएर छाड्ने र सोझै बेडमा पुग्ने व्यवस्था मिलाइएको छ ।

अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

मन्त्री घिमिरेले आइतवार पूर्वाञ्चल विश्वविद्यालय मेडिकल सङ्कायका डिन डा. शैलेश पोखरेल, नर्सिङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेना र अस्पताल प्रशासन प्रमुखसँग छलफल गरेका थिए ।

सुन्दरहरैचामा सञ्चालनमा आएको कोरोना उपचार केन्द्रमा ५२ जना उपचाररत छन् । उपचार केन्द्रमा अहिले ७४ बेड तयार गरिएको छ भने थप ५१ बेड तयार गर्न मन्त्री घिमिरेले निर्देशन दिएका छन् ।

सङ्क्रमितको उपचारमा विश्वविद्यालयका स्वास्थ्यकर्मी खटिएका छन् । मन्त्रालयले अस्पतालमा २४ सै घण्टा सेवाका लागि एउटा एम्बुलेन्सको प्रबन्ध गर्ने भएको छ । रासस

ताजा अपडेट

१३ जिल्लामा छन् ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित

काठमाडौं । नेपालमा शनिबार ३८ हजार ५ सय ८४ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित रहेका...

क्लिन फिडका कारण अब उपभोक्ताले बढी शुल्क तिर्नुपर्ने

काठमाडाैं । टेलिभिजन वितरकहरुले क्लिन फिड पूर्ण रुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

प्रदेश १ मा थपिए २२२ कोरोना संक्रमित

काठमाडाैं । प्रदेश १ मा शनिबार २२२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार मोरङमा १ सय २६, सुनसरीमा...

दिल्लीमाथि मुम्बईको शानदार जित

काठमाडौं । आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको शानदार जित निकालेकाे छ । दिल्लीले दिएकाे ११० रनकाे सामान्य लक्षय मुम्बईले १५ औं ओभरमा...

डडेल्धुरामा ११ जुवाडे पक्राउ

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले ११ जना जुवाडेलाई पक्राउ गरेको छ। डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएकाे...

सुदूरपश्चिमका कानुनमन्त्री शाहलाई कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य पखाला लागेपछि शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका...

बालिका बलात्कार आरोपमा पक्राउ

इलाम । इलाका प्रहरी कार्यालय नयाँबजार, इलामले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा माइजोगमाई गाउँपालिका–५ का २०...

बागमतीका मुख्यमन्त्री कोरोना मुक्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमण मुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको...

आमा कुट्ने छाेरा पक्राउ

सिरहा । ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाले ८५ वर्षीया आमालाई कुटपिट गरेकाे आराेपमा उनकै छाेरालाई पक्राउ गरेकाे छ । आफ्नै आमा सुदामा देवी साहलाई कुटपिट...

चर्चित

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या!

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम...

पाकिस्तानको संसदमा ‘मोदी-मोदी’, विदेशमन्त्री कुरेशी ‘तीन छक’

इस्लामावाद । पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद...

छुरा प्रहारबाट २४ वर्षीय युवककाे मृत्यु

काठमाडौं । अज्ञात समूहकाे छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । काठमाडौंकाे धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४...

मुकेश चाैरसियाकाे आठ दिनपछि अन्त्येष्टि

पर्सा । नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । मृत्यु भएकाे आठ दिनपछि चौरसियाको...

देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

काठमाण्डौ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा...

कलाकार सुशीला दाहालको निधन

काठमाडाैं । कलाकार सुशीला दाहालको निधन भएको छ। पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान ६७ वर्षको उमेरमा निधन भएको हो। कलाकार...

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४...

भारतीय सेना प्रमुखको नेपाल भ्रमणले सम्बन्ध सुधार होला ?

काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीले प्रभावित भारतले नेपाललाई महामारीविरुद्ध लड्‍न सहयोग प्रदान गर्दैआएको छ । महामारीका लागि भारत सरकारले...

राजतन्त्र फर्काउने भन्दै राजावादीहरु सडकमा

जनकपुर । राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फर्काउन अभियान शुरु गरेका छन् । राजतन्त्र फर्काउनका लागि राजावादीहरुको सक्रियता बढाउदै जनकपुरधाममा शनिबार र्याली निकालिएको छ...