लितेखोला जलविद्युत्को उत्पादन बन्द, ६५ घरपरिवार डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ का ६५ घरपरिवार डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । थालेपोखरा, फूलबारी र बतासे गाउँका स्थानीयवासीले प्रयोग गर्दै आएको स्थानीय लितेखोला लघु जलविद्युत् परियोजनामा समस्या आएपछि अन्धकारमा बस्न बाध्य भएका हुन् ।

डेढ महिनादेखि विद्युत् उत्पादन हुन नसकेको सो लघुजलविद्युत् परियोजनाका अध्यक्ष छमबहादुर गलामीले बताए । उनले बन्दाबन्दी जारी रहँदा मर्मत गर्न नसक्दा लामो समयसम्म विद्युत् अवरुद्ध भएको बताए ।

केन्द्रीय प्रसारण लाइनको पहुँचमा नपुगेको थालेपोखरा, फूलबारी र बतासे गाउँमा लघुजलविद्युत्ले साँझको समयमा मात्र भए पनि उज्यालो दिँदै आए पनि उपकरण बिग्रिँदा अन्धकारमै रात बिताउनुपर्ने भएको स्थानीय देवबहादुर विकले जानकारी दिए । साँझमा मात्रै सञ्चालन हुने लघुजलविद्युत् बिग्रिएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । ‘केन्द्रीय प्रसारण लाइन जस्तो २४सै घण्टा विद्युत् आपूर्ति नभए पनि केही राहत हुँदै आएको थियो’, उनले भने, ‘केन्द्रीय प्रसारण लाइनका लागि विद्युत् पोल गाडे पनि विद्युत् बल्न सकेको छैन ।’

साँझ र बिहानमात्रै भए पनि लघुजलविद्युत्ले सहज पु¥याएको भए पनि विद्युत् गृह मर्मत नहुँदा समस्या भएको अर्का स्थानीय तुलबहादुर विकले बताए । नेपाल विद्युत् प्राधिकरणले गाउँमा केन्द्रीय प्रसारण लाइनको विस्तार थाले पनि विद्युत् बाल्न सकिरहेको छैन । थालेपोखरासहित विद्युत् नपुगेको गाउँमा विद्युतीकरणको काम तीव्र गतिमा भएकाले जति सक्दो छिटो केन्द्रीय प्रसारण लाइनको पहुँच पु¥याइने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका इन्जिनीयर प्रमेध पङ्गेनीले जानकारी दिए ।

विद्युतीकरणका लागि आवश्यक दुईवटा ट्रान्सफर्मरसमेत गाउँमा पठाइसकेका कारण विद्युत् जडानको केही प्राविधिक काममात्रै बाँकी रहेको प्राधिकरणले जनाएको छ । रासस

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित