पालो पर्खदैँ स्वाबका नमूना : स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थापनमा धौधौ

रुकुमपश्चिम । जिल्लाबाट परीक्षणका लागि पठाइएका स्वाबको रिपोर्ट एक सातासम्म पनि नआउँदा स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थापनमा धौधौ भएको छ । भारत तथा देशका विभिन्न ठाउँबाट आएकालाई स्थानीय तहले क्वारेन्टिनमा राखेका छन् ।

उनीहरुको स्वाब परीक्षणका लागि सुर्खेत र दाङ पठाइएकामा एक साता बढी भइसक्दा पनि रिपोर्ट नआउँदा स्थानीय तहलाई क्वारेन्टिनमा मान्छेको चाप थेग्नै मुस्किल हुन थालेको छ ।

दुई साताभन्दा वढी समयसम्म रिपोर्ट नआउँदा क्वारेन्टिनमा रहेकालाई घर पठाउन नसकिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले बताए । ६२ जनाको स्वाब परीक्षणका लागि यही जेठ १९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएकामा अहिलेसम्म रिपोर्ट नआएको उहानले बताए।

“शनिबार मात्र थप १५० जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएका छौँ, यसअघिकै रिपोर्ट आएको छैन, शनिबारको रिपोर्ट झन् कहिले आउने हो”, उनले भने “स्वाब परीक्षणका लागि पठाइएका व्यक्तिहरु क्वारेन्टिनमा बसेको १८ दिन भइसकेको छ, अझै कति दिन बसाल्नुपर्ने हो, दिन प्रतिदिन क्वारेन्टिनमा व्यक्ति थपिने क्रम जारी छ, क्वारेन्टिनमा मान्छेको चाप थेग्नै गाह्रो भइसक्यो ।”

मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले क्वारेन्टिनमा राखिएकाको स्वाब सङ्कलन र परीक्षण हुन नसक्दा समस्या भएको बताए । दुई साताभन्दा लामो समयदेखि मान्छे क्वारेन्टिनमा रहेको उनको भनाइ छ । “शुरुमा स्वाब सङ्कलन गर्ने भाडा अर्थात् भाइसर ट्रान्सपोर्ट मिडिया (भिटीएम) नहुँदा स्वाब सङ्कलनमा ढिलाइ भएको र त्यसपछि प्रयोगशालामा पालो नआउँदा मान्छेलाई धेरै दिनदेखि क्वारेन्टिनमै राख्नुपरेको छ”, उनले भने ।

जिल्लाबाट झण्डै एक हजार १०० को स्वाब सङ्कलन गरिएको छ । तीनपटकमा ती स्वाब सङ्कलन गरी परीक्षणका लागि सुर्खेत र दाङ पठाइएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।

उनका अनुसार जेठ १८ गते चौरजहारी नगरपालिकाका १८१ जनाको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र १९ गते आठबीसकोट नगरपालिकाका ६२, मुसिकोट नगरपालिकाका ३२ र सानीभेरी गाउँपालिकाका दुई गरी ९६ जनाको स्वाब राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएकामा कसैको पनि रिपार्ट नआएको उनले बताए ।

त्यस्तै शनिबार जिल्लाका पाँच स्थानीय तहबाट ७७५ जनाको स्वाब सुर्खेत र दाङ पठाइएको छ । त्रिवेणी गाउँपालिकाबाट २६९ र आठबीसकोट नगरपालिकाबाट १५० गरी ४१९ जनाको सुर्खेत तथा बाफीकोट गाउँपालिकाबाट ९८, मुसिकोट नगरपालिकाबाट २४४ र सानीभेरी गाउँपालिकाबाट १४ जनाको गरी ३५६ जनाको स्वाब दाङ पठाएको उहाँल बताए ।

एक साता अगाडि पठाएको स्वाबको रिपोर्ट अझै नआएको अवस्थामा पछिल्लोपटक पठाइएको स्वाबको रिपोर्ट कहिले आउँछ भनेर भन्न सकिने अवस्था नरहेको उनले बताए । प्रयोगशालामा धेरै जिल्लाका स्वाब थन्किएर रहेकाले पालो आउन ढिलाइ भएकाले बताइएको छ । रासस

ताजा अपडेट

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

२५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेटसहित दुई जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । झापाकाे गौरीगंज गाउँपालिका-५ फत्तेपुरबाट लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट...

चर्चित

संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बने : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अभिभावकविहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी...

विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन मार्फत सञ्चार तथा...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...