काेराेनाले नछाेएका नेपालका ७ जिल्ला

काठमाण्डाै । नेपालका ७ जिल्ला अहिलेसम्म कोरोना सङ्क्रमणबाट सुरक्षित रहेका छन् । प्रदेश १ र गण्डकीमा दुई-दुई जिल्ला तथा वाग्मती, प्रदेश ५ र कर्णालीमा एक-एक जिल्ला सङ्क्रमणबाट सुरक्षित रहेका हुन् । स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ का इलाम र ओखलढुङगा, वाग्मतीको रसुवा, गण्डकीको मनाङ र मुस्ताङ, प्रदेश ५ को रोल्पा र कर्णालीको रुकुम पश्चिममा कोरोनाको सङ्क्रमण देखिएको छैन ।

शुक्रबार कर्णालीको हुम्ला र गण्डकीको गोरखा र कास्की तथा हिजो कर्णालीकै जाजरकोट र डोल्पामा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको हो । योसँगै नेपालमा ७० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नम्बर २ का सबै ८ जिल्ला र सुदूरपश्चिमका ९ वटै जिल्लामा सङ्क्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हिजो थप ३ सय २३ जनामा कोरोना भेटिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

प्रदेश २ र ५ मा गरी कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । मन्त्रालयको प्रादेशिक विवरण अनुसार प्रदेश १ का १४ मध्ये १२ जिल्लामा २ सय ४९ जना, प्रदेश २ का ८ जिल्लामा १ हजार ७७ जना, वाग्मतीका १३ मध्ये १२ जिल्लामा ९० जना, गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा ७३ जना, प्रदेश ५ का १२ मध्ये ११ जिल्लामा १ हजार ६१ जना, कर्णाली प्रदेशका १० मध्ये ९ जिल्लामा ५ सय ७९ जना र सुदूरपश्चिमका ९ जिल्लामा १ सय ६ जना सङ्क्रमित रहेका छन् ।

गण्डकी प्रदेशमा आज थपिएका ३८ जनामा सङ्क्रमितको विवरण भने मन्त्रालयको पछिल्लो तथ्याङकमा समावेश छैन । नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको सँख्या १३ पुगेको छ । सङ्क्रमितमध्ये ३ सय ६५ जना भने उपचारपछि निको भएका छन् । चीनको वुहानबाट गएको डिसेम्बरमा सुरु भएको कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण नेपालमा पहिलो पटक माघ १० मा पुष्टि भएको थियो ।

ताजा अपडेट

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा...