१९ वर्षीय युवकको क्वारेन्टाइनमा मृत्यु

डोटी । केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टाइनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको उनका बुबा गजैसिं ऐरले बताए ।

भारतको दिल्लीबाट उनी जेठ २० गते आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थिए । ‘१२/१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ”, मृतकका बुवा ऐरले भने, “क्वारेन्टाइनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्ने बित्तिकै छोरो बेहोस भई ढल्यो ।”

छोरा ढलेपछि स्याहार गर्न बुवा आफैँ क्वारेन्टाइन बस्ने शर्तमा भित्र पसेका थिए । “गाउँमा सामान्य झारफुक र पानी छम्केपछि छोरा अलि होसमा आउँथ्यो”, उनले भने, “पहिले पनि यस्तै हुने हुँदा रातिको समय हामीले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौँ तर राति झन् च्यापेपछि शरीरमै दिसापिसाव र रगत फालेपछि बिहान ३ बजे प्राण त्याग्यो ।” मृतकका बुवा पनि गए रातिबाट क्वारेन्टाइनमै बसेका छन् । रासस

ताजा अपडेट

बेनीमा फेरि लकडाउन

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा एक साता पुन: लकडाउन गर्ने निर्णय गरेकाे छ । जिल्ला सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८०...

देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

काठमाण्डौ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा...

कुस्मामा कात्तिक २१ गतेसम्म निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्वतले सदरमुकाम कुस्मामा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै सदरमुकाम कुस्मा बजारमा कोरोना...

प्रदेश १ मा थपिए ५६९ काेराेना संक्रमित

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५६९ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा गरिएको एक हजार ९६० जनाको पिसीआर...

कलाकार सुशीला दाहालको निधन

काठमाडाैं । कलाकार सुशीला दाहालको निधन भएको छ। पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान ६७ वर्षको उमेरमा निधन भएको हो। कलाकार...

संघीय सरकारका ३ मन्त्रीसहित २४ सांसदलाई कोरोना संक्रमण

काठमाडौं । संघीय सरकारका ३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण भएकाे छ। गत साउन १६ गते यता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई...

लागूऔषधसहित पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध गाँजा र अफिमसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका-३ रामनगरका २० वर्षीय...

छुरा प्रहारबाट २४ वर्षीय युवककाे मृत्यु

काठमाडौं । अज्ञात समूहकाे छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । काठमाडौंकाे धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४...

सामाजिक सञ्जालमा गाली गर्नेलाई साइबर अपराधको मुद्दा लगाउने तयारी

काठमाडौं । सामाजिक सञ्जालमार्फत गालीबेइज्जती गरेकाे आरोपमा प्रहरीले एकजनालाई साइबर अपराधको मुद्दा लगाउने तयारी गरेको छ। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको गालीबेइज्जती...

चर्चित

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या!

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम...

पाकिस्तानको संसदमा ‘मोदी-मोदी’, विदेशमन्त्री कुरेशी ‘तीन छक’

इस्लामावाद । पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

छुरा प्रहारबाट २४ वर्षीय युवककाे मृत्यु

काठमाडौं । अज्ञात समूहकाे छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । काठमाडौंकाे धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४...

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको...

काठमाडौंका सीडीओ दाहाललाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाल र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सीडीओ दाहालको अवस्था सामान्य रहेको र हाल होम...

सामाजिक सञ्जालमा गाली गर्नेलाई साइबर अपराधको मुद्दा लगाउने तयारी

काठमाडौं । सामाजिक सञ्जालमार्फत गालीबेइज्जती गरेकाे आरोपमा प्रहरीले एकजनालाई साइबर अपराधको मुद्दा लगाउने तयारी गरेको छ। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको गालीबेइज्जती...