मोरङ। सशस्त्र प्रहरी बल बिराटनगरले १ करोड ९ लाख ७९ हजार ५ सय ३० भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ।
विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो ।
WB73E 7635 नम्बरको ट्रक चेक जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको हो।
पक्राउ पर्नेमा ट्रक चालक रवि कुमार र सहचालक पप्पु कुमार रहेका छन्। दुवै जना भारतीय नागारिक हुन्। नेपालमा उनीहरुले पैसा कसको लागी ल्याएका थिए भन्ने खुल्न सकेको छैन। यस बिषयमा थप अनुसन्धान भईरहेको सशस्त्र प्रहरीले जनाएको छ।