मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द

रूपन्देही । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ ।

अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचारबापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार १ गतेदेखि बन्द गर्ने घोषणा अस्पतालले गरेको हो ।

हाल प्रदेश नं ५ मा साढे ६ सयको हाराहारीमा मिर्गौलाका बिरामी छन् । विपन्न वर्गका नागरिकलाई उपचार दिने सरकारबाट सूचीकृत सो अस्पतालमा मात्र साढे तीन सय बिरामीले निःशुल्क डायलायसिस सेवा लिँदै आएका छन् ।

अस्पतालले ११ महिना बितिसक्दा पनि सरकारबाट पाउनुपर्ने रकम पाउन नसकेको अध्यक्ष एजाज आलमले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । हाल अस्पताललाई सरकारले विपन्न वर्गका नागरिकको उपचारमा दिएको सहुलियतवापतको रु सात करोड ७५ लाख निकासा हुन बाँकी नै रहेको उनको भनाइ थियो ।

उनका अनुसार चालु आर्थिक वर्षकै रकम नेपाल सरकारबाट भुक्तानी हुन नसक्दा बिरामीको उपचारका लागि चाहिने औषधि अभाव भएको छ । साथै बिरामीको डायलायसिसका लागि आवश्यक डाइलाइजर, फ्लुड, हेपारिन, ट्युब, फिस्टुलालगायत सामग्री उपलब्ध गराउंने सप्लायर्सले समेत सामान दिन बन्द गरेका कारण अस्पतालमा रहेको मौज्दातसमेत सकिने स्थितिमा रहेको उनको गुनासो थियो । उनले भने, “बिरामीको उपचार सेवा रोक्ने अस्पतालको मनशाय नहुँदा नहुंँदै पनि सरकारबाट भुक्तानी हुनुपर्ने रकम रोकिँदा अस्पताल चर्को आर्थिक सङ्कटमा पुगेको छ ।”

उक्त अस्पतालका डायलायसिस सेण्टर रहेका बुटवलमा २०, दाङ, लमहीमा १० र पाल्पाको तानसेनमा १० गरी ४० यन्त्रबाट बिरामीले नियमित डायलायसिस सेवा लिँदै आएका छन् । यस्तै स्याङ्जाको वालिङमा १० यन्त्र जडान गरी सेण्टर सञ्चालनको तयारी रहेको तर लकडाउनको कारण केही ढिलाइ भएको अध्यक्ष आलमले बताए । रासस

ताजा अपडेट

‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स (भिडियाेसहित)

काठमाडाैं । कलाकार प्रकाश सपूत र गायिका अनिता चलाउनेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ । गीतमा सपूत स्वयंमको शब्द तथा संगीत छ । प्रकाश...

फेसबुकमा अश्लिल फोटो हालेर भाइरल गराईदिने भन्‍दै ठग्‍ने दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले ३० हजार रूपैयाँ ठगी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका-३ का ३१ वर्षीय...

मोडेर्नाले कोरोनाविरुद्धको खोप प्रयोगका लागि अनुमति लिने

वासिङ्टन । कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका सोमबार अनुमति माग्ने कम्पनीको...

ईश्वर पोखरेलको दवावमा विश्वराज पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले...

‘प्रचण्डले प्रस्ताव फिर्ता लिएपछि नेकपाकाे विवाद समाधान हुन्छ’

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पार्टीभित्र देखिएको विवाद महाधिवेशनबाट छिनोफानो हुने बताएका छन् । रिपोटर्स क्लब नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा...

रामेछाप संस्कृतिक कलाकार समाजकाे गाउँपालिका स्तरिय समिति गठन

रामेछाप । रामेछाप संस्कृतिक कलाकार समाजले उमाकुण्ड गाउँपालिकामा गाउँपालिका स्तरिय समिति गठन गरेको छ । समाजको केन्द्रीय उपाअध्यक्ष सन्ध्या सानु र उमाकुण्ड गाउँपालिका-२ का अध्यक्ष खम्बध्वज...

घुस लिएको आरोपमा सई र प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत २ जना प्रहरीविरुद्ध मुद्दा दायर गरेकाे छ। घुस लिएको आरोपमा बाँकेको खुर्दस्थित इलाका प्रहरी...

सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। गत २४ घण्टामा १ हजार ४ सय ७४ जना संक्रमित...

सरकारबाट विज्ञापन बोर्ड गठन : पाँच सदस्य नियुक्त

काठमाडौं । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि...

चर्चित

‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स (भिडियाेसहित)

काठमाडाैं । कलाकार प्रकाश सपूत र गायिका अनिता चलाउनेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ । गीतमा सपूत स्वयंमको शब्द तथा संगीत छ । प्रकाश...

पाँच दिनदेखि बेपत्ता युवकको शव भेटियो

बिराटनगर । पाँच दिनदेखि बेपत्ता सुनसरीका एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । सोमबार...

फेसबुकमा अश्लिल फोटो हालेर भाइरल गराईदिने भन्‍दै ठग्‍ने दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले ३० हजार रूपैयाँ ठगी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका-३ का ३१ वर्षीय...

राजावादीको जुलुसमा नजान सरकारकाे अपील

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनमा नजान सरकारले अपिल गरेकाे छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं...

आचार्य, कँडेल र पाण्डेको नाम सचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले तीन जना सह-सचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको...

सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्। सन्दीप हिजो बेलुकी ह्याम्स अस्पतालमा भर्ना भएको उनका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए...

बैंककाे सिस्टम ह्याकिङ गरी लाखाैं रूपैयाँ चाेरी गर्ने थप एकजना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले कृषि विकास बैंककाे रकम अनधिकृत रुपमा चोरी गर्नेमध्येका थप एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धादिङको रुविभ्याल्ली गाउँपालिका–१...

रामेछाप संस्कृतिक कलाकार समाजकाे गाउँपालिका स्तरिय समिति गठन

रामेछाप । रामेछाप संस्कृतिक कलाकार समाजले उमाकुण्ड गाउँपालिकामा गाउँपालिका स्तरिय समिति गठन गरेको छ । समाजको केन्द्रीय उपाअध्यक्ष सन्ध्या सानु र उमाकुण्ड गाउँपालिका-२ का अध्यक्ष खम्बध्वज...

कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । मन्त्रिपरिषदको बैठकले कतार सरकारले नेपाल सरकारलाई दिन लागेको ३ वटा मर्सिडिज बेन्ज १ सय ८० मोडेलका कारहरु लिने निर्णय गरेको छ । हालै...