सिसीएमसीको टोलीद्वारा होल्डिङ सेन्टरको अवलोकन

भक्तपुर । सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राखेर पठाउने भएपछि नेपाली सेना वीरदल गण भक्तपुरको नेतृत्वमा होल्डिङ सेन्टरको निर्माणको काम तीव्रगतिमा भएको छ ।

प्रदेश नं १ का नागरिकलाई सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेटमा राखिने भएपछि सेनाको टोलीले गरेको तयारीको बुधवार कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सिसीएमसी) को टोलीले अनुगमन गरेको छ ।

प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, सामान्य प्रशासन, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिसीएमसीमा रहेका संयुक्त टोलीले यसको तयारीको अवस्थाबारे जानकारी लिन आज होल्डिङ सेन्टरको अवलोकन गरेको हो ।

अनुगमन टोलीलाई जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जिल्लामा आइपर्ने विभिन्न समस्याका बारेमा सिसीएमसीको निर्देशिकाले स्पष्ट नबोलेको भन्दै सहजरूपमा काम गर्ने गरी अधिकार दिनुपर्ने बताए ।

खाना खर्च कसले व्यहोर्ने, पैसा तिर्न नसक्नेले के गर्ने, यहाँका स्वयंसेवक एवं कर्मचारीका लागि खाना, पानीलगायतको व्यवस्थापन कसरी गर्ने कुनै स्पष्ट नीति नहुँदा जिल्लास्थित सिएमसी समस्यामा परेको उनको भनाइ थियो ।

“जिल्लाको सिएमसीलाई यहाँका अवस्थाअनुसार काम गर्न सक्ने गरी सहज व्यवस्था गर्नुपर्यो, सबै काम सिएमसीले गरोस् भन्ने बजेट चाहिँ नदिने, यसरी कसरी काम गर्न सकिन्छ ?, जिसस प्रमुख गेलालले भने, “ १०–१२ लाख रुपैयाँले के गर्ने ?, कोरोना राहत कोषमा भएको रकम खर्च गरेर भए पनि सरकारले सहज व्यवस्थापन गर्नुपर्छ ।”

जिल्लास्तरीय सिएमसीको संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विदेशबाट फर्किएर होल्डिङ सेन्टरमा आउनेका लागि आवश्यक मास्क, स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्री आवश्यक रहेको, यहाँसम्म आउने र जानेहरुको गाडी भाडाको व्यवस्थापन, होल्डिङ सेन्टर बनाइएका पार्टी प्यालेसलाई तिर्नुपर्ने भाडा, यहाँ आउने र बस्नेका लागि खाना, पानीजस्ता सामान्य कुराको व्यवस्थापनमा जरुरी रहेको बताए।

नेपाली सेना वीरदल गणका गणपति कर्नेल शिव पौडेलले एयरपोर्टबाट सेल्टरमा आएपछि राख्नेदेखि प्रदेश पठाउनेसम्म गरिएको तयारीका बारेमा जानकारी दिए। एउटा सेल्टरमा एक हजारसम्म राख्न सकिने गरी व्यवस्थापन गरिएको र आवश्यक परेमा एउटा सेल्टरमा बढीमा २० जनासम्म सुत्न मिल्ने गरी व्यवस्थापन गरिएको बताए।

उनले निःशुल्क सिमकार्ड वितरण, ज्वरो नाप्ने, स्वास्थ्य अवस्था जानकारी लिने, एक छाक खाना खुवाउने, आराम गर्ने व्यवस्था गरिएको र एम्बुलेन्स, चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने बताए । विदेशबाट फर्किएका भक्तपुरका नागरिकका लागि भने सल्लाघारीको चौरमा ल्याएर सम्बन्धित नगरपालिकाले आ–आफ्नो नगरका नागरिकको जिम्मेवारी लिएर क्वारेन्टाइनमा लैजाने व्यवस्था गरिएको छ ।

एयरपोर्टबाट सेल्टरमा ल्याएकालाई प्रदेश सरकारको समन्वयमा जतिसक्दो छिटो पठाउने व्यवस्था गर्नुपर्ने, पानीलगायत प्याकिङ खाजा किन्न मिल्ने गरी डेस्क राख्नुपर्ने र निर्देशिकाले तोकेको भन्दा तलमाथि गर्न नपाउने व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएका भक्तपुरका नागरिकलाई राख्न सिएमसीले चारवटै नगरपालिकालाई क्वारेन्टिनको व्यवस्था गर्न पत्राचार गरेर तयारी गरिरहेको, प्रदेश पठाउने नागरिकको हकमा दुईवटा बैंक्वेटसँगै आवश्यकता परेमा खरिपाटीस्थित क्वारेन्टाइन, सानोथिमि क्याम्पसलगायतका क्षेत्रका क्वारेन्टाइनमा पूर्णरूपमा मानवअधिकारको पालना गर्ने गरी तयारी गरेको जानकारी दिए । रासस

ताजा अपडेट

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९०० नाघ्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९०४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

चर्चित

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...

देशभरि कति जिल्लामा निषेधाज्ञा?(नामसहित)

काठमाडाैं । देशका ४८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसकाे संक्रमण फैलिन नदिन देशका ती जिल्लामा निषेधाज्ञा जारी गरिएको हाे।आफ्नो जिल्लामा निशेधाज्ञा...

काेराेना कहर: संक्रमितलाई लगाइने खोपमा कालोबजारी गर्ने स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई...

सुशान्तसिंह राजपूतका घरेलु सहयोगी पनि पक्राउ

एजेन्सी । केही महिनाअघि आत्महत्या गरेका भनिएको बलिउड अभिनेता सुशान्तसिंह राजपूतका घरेलु सहायक दीपेश सावन्त पक्राउ परेका छन् । सुशान्त सिंह राजपूतको मुद्दा चलिरहेका...

चीनबाट ल्याइएका रेल तथा जहाजहरु काम नलाग्‍ने अवस्थामा, भारतबाट नेपाल पुग्दै रेल

काठमाडौं । चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो । विगत ५...

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा...