अब चट्याङ पर्ने क्षेत्र र समयको पनि पूर्वानुमान हुने

काठमाडाैँ। ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब मौसम (वर्षा)को जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आगामी वर्षातदेखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी तयारी भइरहेको जानकारी दिए । विभागले हाल वर्षा, हावाहुरी, बाढी तथा पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्दै आएको छ । समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनले बताए ।

‘चट्याङबाट हरेक वर्ष १ सय भन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ’, सम्बद्ध पक्षसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भने, ‘समयमै सूचना प्रवाह गर्न सकियो भने चट्याङबाट हुने मानवीय क्षति रोक्न सकिन्छ ।’

मन्त्री पुनले पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकाले सन्तोष व्यक्त गर्दै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता जनाए ।

सिंचाई मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण चट्याङको समय र स्थानबारे पूर्वानुमान गर्ने कार्य केही समय पछि धकेलिए पनि यसै वर्ष भित्र काम सक्ने प्रयास भइरहेको बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताए । ‘अरु देशहरुमा यो प्रविधि अहिले पनि छ’, उनले भने, ‘अब हामी पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौं ।’

उनले नेपालको चुरे रेन्ज (श्रृङ्खला) चट्याङको बढी जोमिमा रहेको उल्लेख गरे । मंगलबार मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा सचिव दिनेशकुमार घिमिरे, सिंचाई सचिव श्रेष्ठ, मौसम विभागका उपमहानिर्देशक कर्माचार्य, सिंचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी र गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिककरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल पोखरेल र गृह मन्त्रालयका उप–सचिव गणेशविक्रम शाही सहभागी थिए ।

ताजा अपडेट

छोरी बलात्कार आरोपमा बाबु पक्राउ

सर्लाही । सर्लाहीमा छोरीलाई बलात्कार गरेको आराेपमा प्रहरीले बाबुलाई पक्राउ गरेकाे छ । भारतको मुजफ्फरपुर घर भई ससुराली हरिपुर नगरपालिका-६ लक्ष्मीपुर, कोद्राहामा बस्दै आएका ३५...

गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेको छ । बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधामन्त्री निवास बालुवाटारमा दिउँसाे चार बजे बस्ने बैठक नियमित बैठक रहेकाे बताइएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका...

रोल्पामा ६ केजी चरेससहित एक जना पक्राउ

राेल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले ६ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नछहरी गाउँपालिका-६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर...

२७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

एजेन्सी । मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो। उनको भ्रूणलाई अक्टोबर...

बाबुको हत्या गरेकाे अभियोगमा छाेरा पक्राउ

गाेरखा । ७० वर्षीय बुबाकाे हत्या गरेको अभियोगमा गाेरखामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाेरखाकाे सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाल...

कछुवा गतिमा हुँदै मध्यपहाडी राजमार्गको काम

दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने...

बौद्धमा आमाछोरी मृत भेटिए

काठमाडौं । काठमाडाैंकाे बौद्धमा एक महिला र एक महिनाको नाबालिका मृत फेला परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी...

भरूवा बन्दुक पड्किएर वनरक्षकको मृत्यु

उदयपुर । उदयपुरमा भरुवा बन्दुक पड्किएर एक जनाकाे मृत्य भएकाे छ। बुधबार राति बन्दुक पड्किएर वन रक्षक सुनसरी दुहवी घर भएका ४० वर्षीय लेखनाथ वाँस्तोलाको...

चर्चित

आज मंसिर १७ गते बुधबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र...

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल थालेका छन् । नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी...

कलाकार भारती सिंहको जमानत खारेज गर्न एनसीबीको अपिल

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एनडीपीएस कार्ट (मादक पदार्थ निषेध कानूनलाई आधार बनाएर काम गर्ने अदालत) मा हास्यकलाकार भारती सिंह र उनका...

फिल्म हल नखोल्न सरकारको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल फिल्म हल नखोल्न अनुराेध गरेकाे छ । मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले १५ दिन अझै कडाइका साथ...

सचिवालय बैठक : ओलीको अनुपस्थितिमा कुनै अप्रिय निर्णय भए १५ मिनेटभित्र एकता भङ्गकाे घाेषणा ! 

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बस्दैछ । दिउँसाे १ बजेकाे लागि बाेलाईएकाे बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी...

तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य...

पौडेलकाे गिरफ्तारीबिरूद्ध तनहुँ कांग्रेसले भोलि प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेस तनहुँले भाेलि तनहँमा प्रदर्शन गर्ने भएकाे छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गिरफ्तारी घटनाको विरोधमा बिहीबार बिहान ११ बजे बैठक...

नयाँ भवनमा प्रधानमन्त्री

काठमाडाैँ । साँघुरो र खचाखच गरी बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बीचमा कुनै बिघ्न नआए महिना दिनभित्रै सुविधासम्पन्न मूल भवनमा सार्ने तयारी चल्दै छ...

प्रहरी हत्या आरोपमा पक्राउ परेका ८ अभियुक्त कारागार चलान

धनगढी । प्रहरीको हत्याको आरोपमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। कैलालीको धनगढी उप–महानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक...