कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख दिने

प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

प्रदेश मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट एक लाख उपलब्ध गराउने निर्णय भएको बैठकपछि सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।

प्रदेशका बाँकेमा र दाङमा शववाहन खरीद गर्न नेपालगञ्ज र तुलसीपुर उपमहानगरपालिका लाई १५– १५ लाख अनुदान उपलब्ध गराइने र ती उपमहानगरपालिका मातहत रहने व्यवस्था गरिएको छ।

शववाहनलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएमा शवको व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ।

यस्तै मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष ९स्थापना र सञ्चालन० निर्देशिका पहिलो संशोधन २०७७ लाई स्वीकृत गरेको छ। संशोधित निर्देशिकामा कोरोना नियन्त्रणमा परिचालन हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत जनशक्तिको सेवासुविधाको व्यवस्था गर्नेसमेत निर्णय भएको भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले जानकारी दिए।

संशोधित निर्देशिकामा कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशाला स्थापना तथा सञ्चालनमा लाग्ने आवश्यक उपकरण, औषधि, सामग्री, स्वाब सङ्कलन तथा सञ्चालनमा आवश्यक खर्चका लागि बजेट व्यवस्थापन, कोरोना उपचारका लागि आइसोलेशन केन्द्रमा रहने लक्षण नदेखिएका कोरोना संक्रमित व्यक्ति, उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई खाना खर्चको व्यवस्था गरिएको प्रवक्ता चौधरीले जानकारी दिए।

यस्तै बैठकले लैंगिक सम्पर्कविन्दु व्यवस्थापन र परिचालन कार्यविधि २०७७ र प्रदेश बाल क्लब सञ्जाल गठन तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७७ समेत पारित गरेको जनाइएको छ।

ताजा अपडेट

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९०० नाघ्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९०४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

काेराेना कहर: संक्रमितलाई लगाइने खोपमा कालोबजारी गर्ने स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई...

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...