झापामा चार लाख बिरुवा वितरण गरिँदै

झापा । डिभिजन वन कार्यालय झापाले यस वर्ष चार लाख दुई हजार बिरुवा वितरण गर्ने भएको छ । विभिन्न जातका वन बिरुवा र फलफूल गरी उक्त सङ्ख्यामा बिरुवा वितरण गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।

सङ्घीय सरकारअन्तर्गत दुई लाख ३० हजार र प्रदेश सरकारबाट प्राप्त एक लाख ५० हजार वन बिरुवा वितरण गर्न लागिएको हो । त्यस्तै सङ्घीय सरकारअन्तर्गत १५ हजार र प्रदेश सरकारबाट सात हजार गरी २२ हजार फलफूलको बिरुवासमेत वितरण गरिने उहाँले बताए।

टिक, मसला, खमारी, मलेशियन साल, मगोहिनी, खयर, नेमारो, शिरीष, कदमलगायतका बिरुवा वितरण गरिने भएको हो । “स्थानीय जातका बोटबिरुवा पनि वितरण गर्ने सोच बनाएका छौँ”, उनले भने, “यसबाट वन पैदावारको आपूर्तिसँगै स्थानीय जातका बोटविरुवाको पनि संरक्षण हुनेछ ।”

कार्यालयले असार १५ गतेपछि बिरुवा वितरण गर्ने योजना बनाएको छ । कार्यालयको सुरुङ्गा, भद्रपुर, पाठामारीलगायतका स्थानमा रहेका नर्सरीमा बिरुवा उत्पादन भइसकेको छ भने फलफूलका बिरुवा बोलपत्रमार्फत खरिद गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । “बोलपत्र परिसकेको छ”, उनले भने, “लकडाउनका कारण केही ढिलाइ भएको हो ।”

कार्यालयले यस वर्ष २० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्ने भएको छ । त्यस्तै नदी उकास क्षेत्रको २० हेक्टर क्षेत्रफलमा बिरुवा छरिने कार्यालयले जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७१/७२ मा सात लाख, आव २०७२/७३ मा आठ लाख ५० हजार, आव २०७४/७५ मा नौ लाख ५० र आव २०७५/७६ मा तीन लाख ४५ हजार बिरुवा वितरण गरेको थियो ।

खाली पर्ती जग्गामा बिरुवा लगाउँदा राम्रो आम्दानी लिन सकिने भएपछि बिरुवाको माग बढ्दै गएको छ । वन कार्यालयले बिरुवाका लागि निवेदन दिन आउनेलाई १५ र ठूलो क्षेत्रफलमा रुख लगाउने मागपत्र लिएर आउनेलाई आवश्कतानुसार बिरुवा उपलब्ध गराउँदै आएको छ । रासस

ताजा अपडेट

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९०० नाघ्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९०४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

काेराेना कहर: संक्रमितलाई लगाइने खोपमा कालोबजारी गर्ने स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई...

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...