सहुलियत तथा कर छुटप्रति हवाई कम्पनी खुशी

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा हवाई क्षेत्रमा व्यवस्था गरेको सहुलियत तथा कर छुटको विषयप्रति हवाई सेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले आभार प्रकट गरेको छ ।

विश्वव्यापी महामारीका रुपमाफैलिको कोभिड–१९ का कारण सिथिल बनेको मुलुकको हवाई उद्योगको पुनरुत्थानका लागि बजेटमा भएको व्यवस्थाप्रति सङ्घले विज्ञप्ति निकालेर सरकारलाई धन्यवाद दिएको हो ।

सरकारले आगामी आवको बजेट र नीति तथा कार्यक्रममा नेपाली वायुसेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, वायुसेवा सञ्चालन अनुमति नवीकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने गरेको पूर्वाधार कर छुट दिने घोषणा गरेको थियो ।

यस्तै कोभिडका कारण विगत दुई महिनादेखि बन्द भएको आन्तरिक तथा बाह्य उडान सेवाका अवधिमा दिनहुँ छ कारेडभन्दा बढी राजश्व गुमाइरहेको निजी वायुसेवा कम्पनीले बजेट वक्तव्यमार्फत आव २०७६ ०७७ को आय विवरणअनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने गरिएको घोषणाबाट केही हदसम्म लाभान्वित नै हुने देखिएको भन्दै उक्त व्यवस्थाका निम्ति पनि सङ्घले आभार प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकबाट प्रभाव हुने कर्जा कार्यक्रमको पुनःसंरचना गरी ५ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउने, पर्यटन व्यवसायका कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि पाँच प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउन रु ५० अर्बको छुट्टै कोष खडा गर्ने जस्ता बजेटमा घोषणा गरिएका विषय स्वागतयोग्य भएको भन्दै सङ्घले यसको सफल कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा समेटिनुपर्ने सुझाएको छ ।

आम नेपाली यात्रुलाई सुपथ मूल्यमा हवाई सेवा प्रदान गर्न र राष्ट्रको महत्वपूर्ण उद्योगलाई विषम घडीमा टिकाइराख्न प्रतिलिटर बिक्री मूल्यको करिब १० प्रतिशत नाफा राखी हवाई इन्धनको मूल्य समायोजनका लागि पनि सङ्घले नेपाल आयल निगमलगायत सम्बन्धित मन्त्रालयमा अनुरोध गरिएको उल्लेख गरेको छ ।

सङ्घले हवाई इन्धनमा पूर्वाधार कर छुट तथा थप भन्सार शुल्क नलाग्ने व्यवस्थाबाट हवाई यात्रा केही सस्तो भए तापनि छिमेकी मुलुकको तुलनामा नेपालमा हवाई इन्धनको मूल्य झण्डै दोब्बर देखिएको र निगमले हवाई इन्धनमा अझै पनि इण्डियन आयाल निगमले प्रदान गरेको तुलनामा पनि रु ३३ मुनाफा लिई रु ६५ मूल्य तोकी राख्नु अस्वभाविक र अवान्छनीय भएको जनाएको छ । रासस

ताजा अपडेट

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बने : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अभिभावकविहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...