कोरोना कहर : विदेशमा रहेकाहरुलाई टेलिफोनबाटै मनोपरामर्श

लम्की । नोबेल कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनेको छ । कोरोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सामाजिक क्षेत्रमा ठूलो असर परेको छ । कोरोना कहर बढेपछि रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीले आर्थिक र मानसिक तनाव झेलिरहेका छन् । आर्थिक र मानसिकरूपमा समस्यामा परेका नागरिकलाई कैलालीमा भने टेलिफोनबाटै मनोपरामर्श दिन थालिएको छ ।

कोरोनाको महामारीले गन्तव्य मुलुकमा रोजगारी गुमाउने, स्वदेश फिर्ता हुन नपाउने, भोकमरीको चपेटामा पर्नेलगायतका समस्या देखिएका छन् । परिवारमा समेत व्यक्तिगतसँगै विदेशमा रहेकाप्रतिको चिन्ता बढेको छ । विदेश तथा अन्य स्थानबाट घर आएकालाई समेत समाजमा हेर्ने दृष्टिकोण फरक रहेको छ ।

यसरी विदेशमा रहेका नागरिक र उनीहरुका परिवारमा समेत मनोसामाजिक असर देखिन थालेको छ । कोरोनाको महामारीसँगै मनोसामाजिक असर देखा पर्दै गएकाले कैलालीमा सुरक्षित आप्रवासन परियोजना (सामी)ले टेलिफोनमार्फत सूचना दिने र परामर्श दिने काम गरिरहेको परियोजना संयोजक पञ्चराम चौधरीले बताए ।

“विदेशबाट फर्किएका नागरिक र विदेशमा आफन्त रहेका परिवारका सदस्यमा मनोत्रास छ”, संयोजक चौधरी भन्छन्, “यस्तो विपत्तिमा पहिले त मानिसको मानसिक अवस्था ठीक हुनुपर्छ । सबै काम दिमागले गर्छ, उनीहरुको सोच नकारात्मक नहोस् भनी हामीले मनोपरामर्श दिन थालेका हौँ ।”

कैलालीबाट श्रमस्वीकृत लिएर ६० हजार व्यक्ति विभिन्न मुलुकमा रोजगारीको सिलसिलामा गएका छन् । श्रम गर्न विदेश गएकाको गन्तव्य मुलुकको पीडा एकातिर छ भने घर फर्किएका नागरिक पनि विभिन्न पक्षबाट समस्यामा परेका छन् । लामो वैदेशिक बसाइपश्चात् फर्किएका नागरिकले गाउँघरमा दुव्र्यवहार, अपहेलनाजस्ता समस्या भोगिरहेको बताउँछन् ।

जानकी गाउँपालिकाका सेवक चौधरी गत चैत ९ गते मलेशियाबाट नेपाल फर्कनुभएको हो । “एक महिने बिदामा घर फर्किएको थिएँ । घर आएपछि लकडाउन भयो”, चौधरी भन्छन्, “म घरभित्रै सीमित भएको छु । कतै गयो, कसैसँग बोल्यो भने सङ्क्रमित हुनसक्छ भन्दै बोल्नै डराउँछन् । समाजको दुव्र्यवहार सहनै कठिन भएको छ ।”

विदेश तथा बाहिरी जिल्लाबाट फर्किएका अधिकांश घर जान नपाई क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले उनीहरुमा समेत नकारात्मक विचार उत्पन्न हुने, वितृष्णा पैदा हुने, मनोबल घट्नेजस्ता समस्या आउन थालेको परियोजना संयोजक चौधरी बताउछन् । “यस्तो समस्यामा परेकालाई हामीले मनोसामाजिक परार्मश दिने कार्य गर्न थालेका हौँ”, उनले भने ।

तेस्रो मुलुक तथा भारतबाट फर्केका व्यक्तिलाई समस्या परे परियोजनाले धनगढीको सुरक्षित आप्रवासनमार्फत टेलिफोन परामर्श दिनुका साथै चार जना मनोपरामर्शकर्तालाई आवश्यक पर्ने क्वारेन्टाइनमा गएर सेवा दिने व्यवस्था गरेको छ । लकडाउनको बेला टेलिफोन सूचना र परामर्श दिँदा प्रभावकारी बन्ने परियोजनाको ठहर छ । परियोजनाले अहिलेसम्म कैलालीमा २१० जनालाई परामर्श दिइसकेको छ ।

सुरक्षित आप्रवासन परियोजना (सामी) नेपालका ३९ जिल्लाका १५६ स्थानीय तहमा सञ्चालित छ । कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकासँगको साझेदारीमा स्थानीय सेवा प्रदायक संस्था ट्रेस नेपालले सञ्चालन गरिरहेको हुनाले समस्यामा परेका व्यक्तिलाई आवश्यक सहयोगका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टर तथा विदेशस्थित नेपाली जदूतावासमार्फत पहल हुने गरेको उनले बताए । दुर्गा देवकोटा / रासस

ताजा अपडेट

‘बलात्कारी संगठन’ नामकाे फेसबुक सञ्चालक पक्राउ

काठमाडौं। फेसबुकमा बलात्कारी संगठन नामक पेज तथा ग्रुप बनाउने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माथागढी-१ पाल्पाका अभिषेक नेपाल रहेको नेपाल...

जाडाेमा काेराेना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारीमा जुट्न प्रधानसेनापति थापाकाे निर्देशन

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो याममा काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाले सचेत रहनुपर्ने बताएका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने...

गण्डकीमा थपिए १६ कोरोना संक्रमित

कास्की । गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

गण्डकी प्रदेशले पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौ । कोरोना संक्रमितको निःशुल्क उपचार गर्नबाट संघीय सरकार पन्छिएपछि प्रदेश सरकारहरुले धमाधम काेराेना संक्रमितकाे निःशुल्क रुपमा गर्ने निर्णय गरिरहेका छन् । त्यसै अनुरूप गण्डकी...

प्रदेश २ काे चौथो अधिवेशन अन्त्य, १८ विधेयक पारित

जनकपुर । प्रदेश नम्बर २ प्रदेशसभाको चौथो अधिवेशन विभिन्‍न १८ वटा विधेयक पारित गर्दै मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरिएकाे छ । मंगलबार...

भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन

एजेन्सी। भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न आठ संगठनहरुले चीनविरुद्ध प्रदर्शन गरेका छन् । चीनले उइगुरहरुमाथि गरिएको क्रूर दमन, यातना शिविर र चीनमा बन्दी बनाएका दुई क्यानेडियालीहरुको...

नेपाल-चीनबीच भएका सम्झौताहरू कार्यान्वयनको गर्ने समय आएको छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा...

स्वास्थ्यमन्‍त्री भन्छन् : जनताको चाहना अनुसार निजी प्रयोगशालामा कोरोना परीक्षण ! (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स-शुल्क काेराेना परीक्षणकाे निर्णय जनताकाे चाहना अनुसार नै गरिएकाे जिकिर गरेका छन् । मंगलबार मन्त्रालयको नियमित पत्रकार...

कर्णाली प्रदेशकाे विवाद मिलाउन ओली र प्रचण्डबीच चार बुँदे सहमति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको विवाद समाधानका लागि चार...

चर्चित

स्वास्थ्यमन्‍त्री भन्छन् : जनताको चाहना अनुसार निजी प्रयोगशालामा कोरोना परीक्षण ! (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स-शुल्क काेराेना परीक्षणकाे निर्णय जनताकाे चाहना अनुसार नै गरिएकाे जिकिर गरेका छन् । मंगलबार मन्त्रालयको नियमित पत्रकार...

नेपाल-चीनबीच भएका सम्झौताहरू कार्यान्वयनको गर्ने समय आएको छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा...

जाडाेमा काेराेना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारीमा जुट्न प्रधानसेनापति थापाकाे निर्देशन

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो याममा काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाले सचेत रहनुपर्ने बताएका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने...

गण्डकीमा थपिए १६ कोरोना संक्रमित

कास्की । गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

चीनद्वारा सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोली अपमानित !

काठमाडौं । शुक्रबार दुई जना संघीय मन्त्री सहितको जम्बो टोली सीमानाका निरीक्षणका लागि मुस्ताङको लोमाङथाङ पुग्‍यो । जसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बाणिज्य मन्त्री लेखराज...

गण्डकी प्रदेशले पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौ । कोरोना संक्रमितको निःशुल्क उपचार गर्नबाट संघीय सरकार पन्छिएपछि प्रदेश सरकारहरुले धमाधम काेराेना संक्रमितकाे निःशुल्क रुपमा गर्ने निर्णय गरिरहेका छन् । त्यसै अनुरूप गण्डकी...

कर्णाली प्रदेशकाे विवाद मिलाउन ओली र प्रचण्डबीच चार बुँदे सहमति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको विवाद समाधानका लागि चार...

कटारीका मेयरसहित ४ जनामा कोरोना पुष्टि

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयरसहित थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कटारी...