स्थानीयतहका क्वारेन्टिनलाई आर्थिक सहायता दिनुपर्नेमा सांसदको जाेड

काठमाडौँ । स्थानीय तहमा स्थापना भएका क्वारेन्टिनको व्यवस्थापनका लागि संघीय सरकारले आर्थिक सहायता गर्नुपर्ने माग सांसदहरुले गरेका छन्।

स्थानीय तहमा निर्माण भएका क्वारेन्टिन व्यवस्थित नहुँदा आत्महत्याका घटनाहरु बढिरहेको उल्लेख गर्दै सांसदहरुले थप बजेटको व्यवस्था गर्न माग गरेका हुन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुम पश्चिम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न पनि माग गरेका छन्।

बैठकमा सांसदहरुले खेति लगाउने समयमा किसानलाई बिउ, मल र औषधीको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण समेत गराएका छन्। सांसद लालबाबु पण्डितले कोरोनाबाट ज्यान गुमाउने भन्दा दशौं गुणा बढी आत्महत्या गर्नेको संख्या रहेको प्रति सरकारको ध्यानाकर्षण गराए।

स्थानीय तहहरुमा भएका क्वारेन्टिनहरुको व्यवस्थापनका लागि संघीय सरकारले थप आर्थिक सहयोग गर्नुपर्ने उनले बताए। सांसद शशी श्रेष्ठले लक डाउनका कारण जनजीवन कष्टकर बनेको तर्फ सरकारको ध्यानाकर्षण गराइन्। कोरोना संक्रमणको जोखिमलाई विश्लेषण गरी लक डाउनको मोडालिटी परिवर्तन गर्नुपर्न उनले बताइन्।

स्थानीय रुपमा मापदण्ड अनुसार निश्चित दुरीलाई कायम गरी आवतजावतलाई खुकुलो बनाई दैनिक जीवन सहज र व्यवस्थित बनाउन उनले आग्रह गरिन्। सांसद विनाकुमारी श्रेष्ठले राष्ट्रियताको सवालमा पक्ष विपक्ष हुँदैन भन्ने कुरा पुष्टि गर्दै संविधान संशोधनको पक्षमा कांग्रेसले गरेको निर्णयको स्वागत गरिन्।

सांसद विरोध खतिवडाले सीमा समस्याको सवालमा राष्ट्रिय एकता प्रदर्शन भएकोमा खुसी व्यक्त गरे। भारतले उक्त सडकमा सवारी सञ्चालनको तयारी गरिरहेको उल्लेख गर्दै उनले यातायात चले होटेल, रेस्टुरेन्ट, रिसोर्ट र लजहरु खुल्ने भन्दै पहिलो चरणमा नै रोक्ने पहल गर्न सरकारसँग माग गरे। उनले भारतीय सरकारको रोड परमिट लिएर यातायात चल्न दिन नहुने विषयमा सरकारको ध्यानाकर्षण गराए।

सांसदहरु रुकुम पश्चिमको घटनाका सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद विनाकुमारी श्रेष्ठले रुकुम पश्चिम, रुपन्देही लगायत नेपालका विभिन्न ठाउँमा घटेका घटनाहरु दलित विरुद्ध मात्रै नभइ मानवता विरुद्धको अपराध भएको भन्दै दोषिलाई कारवाही गर्न माग गरिन्। सांसद शान्तिमाया तामाङ पाख्रिनले जातियताका कारण रुकुममा घटेको घटना अत्यन्तै अमानवीय रहेको बताउँदै दोषिमाथि कारवाही गर्न आग्रह गरिन्।

सांसद शान्ता चौधरीले रुकुमको घटना कहालीलाग्दो र दर्दानाक भएको बताइन्। प्रेम गर्नु र त्यसलाई विवाहमा परिणत गर्नु अपराध नभएको उल्लेख गर्दै प्रेममा जातको प्रश्न नउठ्ने समेत बताइन्। जातिय रुपमा कसैलाई ठूलो र कसैलाई सानो ठान्नु सामन्तवादको पाखण्डी मान्यता स्वीकार्न नसकिने उनले बताइन्।

प्रेमकै कारण मृत्युको अवस्थामा पुर्याडउनु खेदजनक भएको र जातिय प्रश्न उठाउनु झनै निन्दनिय भएको उनले बताइन्। रुकुमको घटना अपराधजन्य भएको भन्दै दोशिलाई कारबाही गर्न उनले माग गरिन्।

सत्यनारायण शर्मा खनालले कोरोनाले पुरै विश्वलाई ढाकिसक्दा पनि नेपालमा आवश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था हुन नसकेको बताए। हजारौं भोका नेपालीहरुको हुल सिमामा आइपुगे पनि सरकार आत्तिएर उनीहरुको चेकजाँच नै नगरी गाउँ भित्र्याइरहेको बताए। सांसद विद्या भट्टराईले बन्दाबन्दीको अवधिमा ५६ जना सुत्केरी महिलाहरुको मृत्यु भएको र ६० हजार भन्दा बढी गर्भवति महिलाहरु स्वास्थ्यसेवाबाट वञ्चित भएको तर्फ सरकारको ध्यानाकर्षण गराइन्।

असुरक्षित गर्भपतनका कारण रक्तश्राब भई महिलाहरुको मृत्यु भइरहेको उल्लेख गर्दै उहाँले आधारभुत स्वास्थ्य सेवा र प्रजनन स्वाथ्य सेवालाई मौलिक हकको रुपमा स्वीकार गर्दै असहज अवस्थामा पनि सेवा प्रदान गर्न सरकारको ध्यानकाकर्षण गराइन्।

सांसद विन्दा पाण्डेले लकडाउन सुरु भएपछि अस्पतालमा सुत्केरी हुने महिलाहरुको संख्या १० प्रतिशत भन्दा कम भएको बताइन्। बालिकाहरु माथिको हिंसा बढेको उल्लेख गर्दै उनले चैतमा महिनासम्म ५३ जना सुत्केरी महिलाको मृत्यु भएको बताइन्। महिलाहरुले क्वारेन्टिनमै बच्चा जन्माउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले लैंगिङ हिंसा डरलाग्दो गरी बढेको बताइन्।

ताजा अपडेट

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बने : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अभिभावकविहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...