अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन सार्वजनिक हुँदै

काठमाडौं । कोभिड–१९ का कारण उत्पन्न असहज अवस्थामा सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारको नीति तथा कार्यक्रम पेश हुनुअगावै प्रस्तुत गर्नुपर्ने वार्षिक प्रतिवेदनलाई प्रायः अन्तिम रुप दिएको छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हुने कामको अनुगमन र मूल्याङ्कन गरी आवश्यक सुझाव एवं निर्देशन दिने समितिले एक वर्षभित्र गरेका काम कारवाही समेटिएको वार्षिक प्रतिवेदनलाई अन्तिम रुप दिन समितिको आजको बैठकमा निर्णय नभए पनि आगामी बैठकमा प्रतिवेदन टुङ्ग्याउने गरी बैठक गर्ने सभापति पवित्रा निरौला खरेल बताउँछिन् ।

आजको बैठकमा समितिले तयार पारेको प्रतिवेदनमा छुटेका विषयवस्तु र सदस्यका सुझावलाई समावेश गरिने, छिमेकी मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई अक्षुण राख्न उच्चस्तरीय कूटनीतिक माध्यमबाट नै सबैखाले समस्या निरुपण गर्ने विषयलाई पनि प्रतिवेदनमा समेट्न सुझाव प्राप्त भएको उनले बताइन् ।

नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता रक्षा भारतलगायत विश्वका अन्य राष्ट्रमा रहेका नेपालीहरुको कोभिड–१९ को महामारीबाट सुरक्षा, उनीहरुका समस्या सम्बोधन, बन्दाबन्दीले विदेशमा अलपत्र परेका नेपालीको उद्धार, अतिक्रमित नेपाली भू-भागलाई समेटेर नेपालको नयाँ नक्सा प्रकाशन, भारतद्वारा नेपालको दार्चुला जिल्लाको लिपुलेक क्षेत्रमा निर्मित सडक, लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी भू–भागमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न नेपाल सरकारलाई दिइएका सुझाव र निर्देशन प्रतिवेदनमा समेटिएको छ ।

त्यसैगरी एक वर्षको अवधिमा समितिले भारतीय निजी कम्पनीले नेपालको गर्ने भनिएको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी पुरस्कार कार्यक्रम, सीमा सुरक्षा र डुबान समस्या, नेपाल वायुसेवा निगमको वाइडबडीसहित अन्य विमान खरिद, नागरिक उड्डयन, पर्यटन प्रवद्र्धन, नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन र व्यवस्थापन, विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा क्षेत्र, तारा गाउँ विकास समितिको जग्गा प्रकरणलाई पनि वार्षिक प्रतिवेदनमा समावेश गरिएको सभापति निरौलाले बैठकलाई जानकारी गराइन् ।

विपक्षी दलका केही सदस्यले परराष्ट्रमन्त्रीले महाकाली सन्धिलाई ‘गम्भीर त्रुटि’ भनेर गर्नुभएको सार्वजनिक टिप्पणीबारे समितिलाई स्पष्ट गर्नुपर्ने, चीन र भारतबीचको सीमा क्षेत्रमा सुरक्षा जाँच चौकी (बिओपी) स्थापना, नेपालको नयाँ नक्सा जारी भइसकेपछि चीन र भारतले नेपाललाई पठाएका कूटनीतिक पत्राचार प्रतिवेदनमा थप्नुपर्ने सुझाव दिएका थिए ।

समितिका सुझाव तथा निर्णयहरुलाई कार्यान्वयन गर्न सरकारका तर्फबाट प्रतिबद्धता भए पनि समितिका धेरै निर्देशन पालना नभएको गुनासो केही सदस्यहरुले गरेका थिए भने अन्यले समितिलाई आवश्यक, भौतिक, आर्थिक, मानवीय स्रोत साधन उपलब्ध गराउनुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए । रासस

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

आमाको चिहान नजिकै गाडिनेछ जर्ज फ्लोयडको शव

एजेन्सी । अफ्रिकी अमेरिकी जर्ज फ्लोयडको अन्तिम संस्कारका बेला रङ्गभेदविरुद्ध मानिसहरुको भावना स्पष्ट देख्न पाइएको छ । टेक्सस प्रदेशको ह्यूस्टटन शहरमा उनको अन्तिम संस्कारका...

नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनायो

काठमाडौं । नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या...

४ महिने शिशुसहित १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइए अनुसार नयाँ संक्रमितमध्ये सल्यानका...

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ मन्त्रालय तानिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यावस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई मन्त्रालयमा तानेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले...

थपिए ३३४ जनामा संक्रमित, संक्रमितको संख्या २६३४ पुग्याे

काठमाडौं । विहिबार थप ३ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास...

काेराेनाकाे कहर: पीसीआर रिपोर्ट पोजिटिभ देखिएकाे एक सुत्केरीकाे मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) ले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो। नेपालमा कोरोनाले...

प्रधानमन्त्री ओलीले संविधानको धज्जी उडाए, सबैतिरबाट प्रतिबाद गरौँ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित संसद् विघटनको प्रस्ताव गरेको...

कोरोनाबाट विश्वमा ४ लाख २३ हजार भन्दा बढीको मृत्यु

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर...

थप २५० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ४६ सय नाघ्याे

काठमाडौं । बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या...