धनुषामा प्रधानमन्त्री ओलीविरुद्ध लाग्याे मुर्दावादकाे नारा!(भिडियाेसहित)

जनकपुरधाम । प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नारावाजी गर्दै सयौंको सँख्यामा मानिसहरु नेपाल प्रवेश गरेका छन् । लकडाउनका प्रभावित भएर भारतमा कामको शिलशिलामा गएका नेपाली नागरिकहरु धनुषाको जटही नाकाबाट प्रवेश गर्दै प्रधानमन्त्री ओली विरुद्ध चर्को नारावाजी गरेका हुन् ।

सयौंको सँख्यामा रहेका नेपाली नागरिकहरु प्रधानमन्त्री ओली मूर्दावाद, केपी ओली हाय हाय जस्ता नारा लगाउँदै जनकपुर तर्फ प्रस्थान गरेका हुन् । धनुषा प्रशासनले नेपाल भारतको सीमामा फँसेका नागरिकहरुलाई जिल्ला प्रवेश गराउने निर्णयपछि दिनहुँ सयौंको सँख्यामा नागरिकहरु नेपाल आउन थालेका हुन् ।

लकडाउनका कारण सवारी साधन चल्न नसकेपछि आफ्नो घर फर्कदै गर्दा एक नेपालीको जटही नाकामै मृत्यू भएको हो । भोकको कारण उनको मृत्यू भएको प्रशासनले जनाएको छ ।

भारतबाट विगत ६ दिनदेखि हिँडदै आएका धनुषाका एक युवकको भोकले मृत्यू भएपछि आक्रोसित नागरिकहरुले प्रधानमन्त्री ओली विरुद्ध चर्को नारावाजी गर्दै क्वारेन्टाइनस्थलबाट जनकपुरको लागि प्रस्थान गरेको थियो ।

प्रशासनले केही बेरमै अधिक फोर्स पठाएर उनीहरुलाई धनुषाको नगराइनमा रोकेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । उनीहरुले सरकारले आफ्नो नागरिकको उचीत व्यवस्थापन गर्न नसकेको भन्दै प्रधानमन्त्री विरुद्ध नारावाजी गरेका हुन् ।

जटही नाकामा क्वारेन्टाइन स्थापना गरिएपनि नेपाली नागरिकको अधिक चापका कारण उनीहरुको खानाको व्यवस्था गर्न सरोकारबाला निकाय असक्षम भएको देखिएको छ । विगत ३/४ दिनदेखि समेत जटही नाकामा भारतबाट आएर आफ्नै देशमा अलपत्र परेका युवाहरु पनि भोकै बस्न बाध्य भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले दैनिक दुई टाईम विहान १० बजे र साँझ ६ बजे मात्र बस सेवा सँचालन गरी सम्बन्धित पालिकामा पुरयाउने गरेको छ ।

यता, सम्बन्धित पालिकामा पुरयाएपनि पालिकामा क्वारेन्टाइनको व्यवस्थापन हुन नसक्दा खुल्ला आकाशमुनी आफ्नै गाउँमा पनि भोकै बस्न बाध्य भएको देखिएको छ । धनुषामा क्वारेन्टाइन व्यवस्थापन तीव्र गतिमा हुँदैछ । हरेक पालिकाहरुमा क्वारेन्टाइनको सँख्या र बेड सँख्या धमाधम थपिदै छ ।

 

ताजा अपडेट

स्याटेलाइट तस्बिरबाट खुल्यो चीनको पोल, भुटानको क्षेत्रमा विवादित सीमा क्षेत्रमा संरचना बनाउँदै चीन

हङकङ । चीनले छिमेकी मुलुकहरुको भूमि अतिक्रमण गर्ने गरेको प्रमाण थप फेला परेका छन् । भारतसँग सीमा विवादका कारण समस्या सिर्जना गरेको चीनले भुटानको...

नाकाबन्दीले गर्दा नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट

काठमाडौं । चीनले कोभिड-१९ लाई कारण देखाउँदै सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि नेपालको चीनसँगको व्यापारमा २५ प्रतिशतले गिरावट आएको छ । चालु आर्थिक वर्ष ०७७-७८ को...

श्रीमती हत्या आरोपमा पक्राउ परेका पुरुषलाई १० वर्ष कैद सजाय फैसला

चितवन । चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका...

उद्यमीलाई शून्य ब्याजदरमा सहज ऋण

बुटवल । लुम्बिनी प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन ‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम अगाडि सारेको छ । प्रदेश सरकारले उद्योग स्थापना गर्ने उद्यामीलाई...

२ श्रीमती हुँदाहुँदै अर्काे विवाह गर्ने वडाध्यक्ष पक्राउ

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले कुपिण्डे नगरपालिकाका एक वडाध्यक्षलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहेका छन्...

मंसिर २९ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेकाे छ । शुक्रबार बसेको कांग्रेसकाे बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको...

‘खोकनामा साम्प्रदायिकता भड्काउने प्रयास भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात...

दूर्लभ वन्यजन्तु सालकको खपटासहित एक पुरुष पक्राउ

ओखलढुंगा । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सालकको खपटासहित एकजना पुरुषलाई पक्राउ गरेको छ । साथै उनकाे साथबाट एक थान लोपोन्मुख मृत चरा पनि भेटिएकाे...

घूस रकमसहित सहायक हवल्दार पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ हजार रूपैयाँ घूससहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दारलाई पक्राउ गरेकाे छ । घूस मागेको उजुरीका आधारमा अख्तियारकाे बुटवलस्थित...

चर्चित

नेकपा विवाद – संकटको मध्यरातपछि बिहानी आउने संकेत : ईश्वर पोखेरेल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीमा देखिएकाे संकट अन्त्ये भएर विहानी आउने बताएका छन् । नेकपा अहिले फुटकाे संघारमा...

रेड पाण्डाको छालासहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा खोटाङ्गका ३० वर्षीय मनोज मगर, खोटाङ्गकै ३०...

‘खोकनामा साम्प्रदायिकता भड्काउने प्रयास भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासनिर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात...

२ श्रीमती हुँदाहुँदै अर्काे विवाह गर्ने वडाध्यक्ष पक्राउ

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले कुपिण्डे नगरपालिकाका एक वडाध्यक्षलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष ईन्द्रबहादुर कुमाई रहेका छन्...

अस्पतालकाे झ्यालबाट फरार भएका सम्झनाका हत्या आरोपी फेरी पक्राउ

काठमाडौं । गएराति अस्पतालकाे झ्यालबाट फरार भएकाे सम्झना कामीको बलात्कार पछि हत्या गरेकाे आरोपमा पक्राउ परेका राजेन्द्र बोहरा फेरी पक्राउ परेका छन् । उनलाई...

अब पम्प भाडामा लगाउन नपाइने

काठमाडौँ । पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन...

घूस रकमसहित सहायक हवल्दार पक्राउ

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ हजार रूपैयाँ घूससहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दारलाई पक्राउ गरेकाे छ । घूस मागेको उजुरीका आधारमा अख्तियारकाे बुटवलस्थित...

नेपाल–भारत सीमामा बीओपी उद्घाटन

बर्दिया । सशस्त्र प्रहरी बल (एपिएफ) ले बर्दियासँग जोडिएको नेपाल-भारत सिमानामा बीओपीको स्थापना गरेकाे छ । एपिएफका महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले शुक्रबार मधुवन नगरपालिका-९ धर्मबस्तीमा...

आफ्नै घरको छतबाट खसेर मृत्यु

पाल्पा । पाल्पामा घरकाे छतबाट खसेर एक जनाको मृत्यु भएको छ । पाल्पाकाे रामपुर नगरपालिका-६, का ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु...