आधा पेट खाएर बाँचेका छौँ, हाम्रो उद्धार होस् ? : भारतमा अलपत्र नेपालीकाे गुहार

जाजरकोट । “एउटा कोठामा १२ जना छौँ, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को छ र ?” यो भनाइ हो, जाजरकोट छेडागाड नगरपालिका–१२ का बिर्खबहादुर खत्रीको ।

उहाँ अहिले जनपद चमौली उत्तरखण्ड धराली भारतमा हुनुहुन्छ । आफूहरुको गुहार सुन्ने कोही नभएको भन्दै खत्रीेले टेलिफोनमार्फत भने । “४७ जना गाउँले तीनवटा कोठामा बन्दी जस्तै जीवन बताइरहेको छौँ”, अर्का देवबहादुर बस्नेतले रुँदै भने, “बाहिर आए भारतीय प्रहरीले लाठीले हिर्काउँछ, कोठामा खाने खाद्यान्न सकिएको छ ।” “४१ दिनसम्म कमाएको पैसा सबै खाएर सकियो, राहत कसैले दिँदैन कसरी बाँच्ने हामीलाई उद्धार गर्नुप¥र्यो”, उन्ले भने ।

पीडा र बेदनाका बीचमा कामविहीन भएका ४७ जना छेडागाड नगरपालिकाका नागरिक रुँदै कराउँदै उद्धारका लागि याचना गरिरहेका छन् । दैनिक घर परिवारले फोनमा कुरा गर्दा कस्तो छ ? के छ ? भनी सोध्दा, सधैँ ढाँटेर हामीलाई राम्रो छ । चिन्ता नलिनु भन्दै आश्वस्त पार्ने काम गरिरहेको समेत सिंर्गे कामीले बताए।

“घरमा ऋण थियो, तिर्नका लागि सुत्केरी श्रीमतीलाई छाडेर कालापार आइयो, यहाँ पनि मरिन्छ कि, बाँचिन्छ थाहा छैन”, कामीले भन्नुभयो । गरिबलाई जहाँ आए पनि पीडा र दुःखमात्र हुँदोरहेछ, कतै कोरोना लागेर हामी पनि कुकुर मरेझैँ हुन्छौँ कि भन्ने चिन्ता लाग्छ, कामीले थपे ।

अभाव र बाध्यताको बीचमा हुर्किएको कर्म जहाँ गए पनि ठक्करमात्र खान्छ कुनै बेला मरिहालौँ कि जस्तो पनि लाग्छ तर घरमा सानो छोरीलाई आँखा अगाडि झलझल सम्झिन्छु, अनि बाँच्न मन लाग्छ तुलवीर चदाराले फोनमा रुँदै भन्नुभयो । हामीलाई सरकारले छिटो उद्धार गर्नुप¥र्यो, हाम्रो एउटै सपना अब घर पुगेर आफ्नै भूमिमा इलम गरेर खाने हो चदाराले भने । दैनिक घरपरिवारसँग ढाँटेर कति दिन अर्काको भूमिमा बस्ने ? नेपालमा परिवार चिन्तामा छन्, यता हामी चिन्तामा छौँ मनबहादुर लुहारले भने ।

सरकारसम्म हाम्रा कुरा सुनाएर उद्धार गर्ने वातारण सिर्जना गर्नसमेत उनीहरुको आग्रह छ । हिँडेर पनि आउन सक्ने अवस्था नहुँदा आफूहरु त्यहाँ बस्न बाध्य भएको उनीहरुले बताएका छन् । पहिलेको जस्तो राम्रो व्यवहार भारतीयको आजभोलि नभएको समेत उनीहरुले बताएका छन् ।

खाना नपाएर मर्नुपर्ने अवस्था आउन थालेको समेत पीडा उनीहरु सुनाउँछन् । जाजरकोटबाट मात्र प्रत्येक वर्ष कमाइका लागि भारतका विभिन्न ठाउँमा सयौँ मानिस जाने गर्छन् ।

गाउँमा रोजगारीको सम्भावना नभएपछि अर्कैलाई भाडा तिर्न लगाएर भारत पुगेको सयौँ सर्वसाधारण लकडाउनका कारण कमाएको जति खाँदा भाडासमेत नपाएर अलपत्र परेको बताएका छन् । रोजगारीका लागि ४०० भन्दा बढी जाजरकोटवासी भारतलगायत मुलुकमा पुगेको तथ्याङ्क रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

उहाँका अनुसार अझै धेरै नागरिक आइरहेको खबर छ । यता सङ्घीय सरकारका वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतलाई अलपत्र परेका नागरिकलाई उद्धार तथा समन्वय गर्न जिम्मेवारी दिइएको छ । अहिले जिल्लामा आएका सबैलाई क्वारेन्टिनमा राखेर कोरोना जाँचको तयारी रहेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जेठ १ गतेदेखि शनिबारसम्म बबई नाका भएर भारतबाट चार हजार ३३६ व्यक्ति कर्णालीका विभिन्न जिल्लामा प्रवेश गरेका छन् । सबैभन्दा बढी दैलेखका दुई हजार २४४ जना आएका छन् । सुर्खेतका ९१४, सल्यानका ७२०, जाजरकोटका १२४, कालीकोटका १२३, रुकुम पश्चिमका १०८, जुम्लाका ५० र मुगुका ४५ जना नेपाल भित्रिएको कार्यालयको भनाइ छ । अझै भारतबाट करिब २५ हजार व्यक्ति फर्किने अनुमानसहित सुरक्षा र व्यवस्थापनको तयारी गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए।

दैलेखमा अहिले एक हजार ७९ जनामात्र क्वारेन्टिनमा बसिरहेका छन् । सुर्खेतका स्थानीय तहका क्वारेन्टिनमा ८०० र प्रादेशिक क्वारेन्टिनमा ७८ जना बसिरहेका छन् । सल्यानमा ७२० भारतबाट आएका भएपनि अहिले ५२५ जना सामुदायिक क्वारेन्टिनमा बसिरहेका छन् ।

यो प्रदेशमा २७ कोरोना विशेष उपचार केन्द्रमा ५४० आइसोलेशन श्यया रहेका छन् । त्यस्तै अस्पतालमा १५१ कोरोना विशेष श्यया, १७ भेन्टिलेटर तथा ४० आइसियु श्यया रहेका छन् । हेमन्त केसी/ रासस

ताजा अपडेट

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

२५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेटसहित दुई जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । झापाकाे गौरीगंज गाउँपालिका-५ फत्तेपुरबाट लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट...

चर्चित

संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बने : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अभिभावकविहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी...

विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन मार्फत सञ्चार तथा...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...