नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाउदै घर जाने चलाखी

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी एक महिला नक्कली गर्भवती बनेर इटहरीबाट गाउँ आएको केही समय नबित्दै शनिबार साँझ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका पाँच स्थानीय बासिन्दा आफन्तको मृत्यु भएको कागजात बनाएर तरहराबाट गाउँ आएको खुलेको हो ।

बन्दाबन्दीको समयमा व्यक्तिगत र पारिवारिक काम गर्न कतिपय अवस्थामा यात्रा गर्नैपर्ने अवस्था आउने भए पनि कतिपयले विभिन्न बहाना गर्दै शहरबाट गाउँ भित्रिने गरेको खुलेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

“बीस वर्षअघि मृत्यु भएका जगतबहादुर थापाका आफन्तले गत जेठ–८ गते मृत्यु भएको नक्कली कागजात तयार गरेर मृत्यु संस्कारका लागि भन्दै शनिबार साँझ गाउँ आएको खुलेको छ”, उनले भने, “नक्कली कागजातकै भरमा दिक्तेल आइपुगेका उनीहरुलाई प्रहरीले रोकेपछि जनप्रतिनिधिको आग्रहमा क्वारेन्टाइनमा राख्ने गरी छाडिएको छ ।”

इलाका प्रहरी कार्यालय पोकली सुनसरीले उपलब्ध गराएको कागजातमा पनि जेठ ८ गते आफन्तको मृत्यु भएकाले मृत्यु संस्कारका लागि पास उपलब्ध गराइएको उल्लेख छ । दुई दशकअघि मृत्यु भएका वृद्धको अन्तिम संस्कारको कागजात बनाएर गाउँ आउनेमा थापा, चौहान, कार्की र कठायत थरका रहेका छन् ।

नक्कली मृतकको कागजात बनाएर आउँदै गरेका उनीहरुलाई खोटाङ प्रवेश गर्ने नाका जयरामघाटमा प्रहरीले छेकेको थियो तर उनीहरुले इलाका प्रहरी कार्यालय पोकलीबाट नाकामा बसेका प्रहरीलाई फोन गराएर जयराम पार गरेको खुलेको छ ।

नक्कली कागजात बनाएर गाउँ आएका उनीहरु पाँचै जनालाई शनिबार साँझदेखि नै दोर्पाचिउरी डाँडास्थित अन्नपूर्ण माविको क्वारेन्टिनमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताए । “गाउँ भित्रिन गरिएको कडाइका बीचमा पनि विभिन्न बहानामा गाउँ प्रवेश गर्ने क्रम रोकिएको छैन”, उनले भने, “लुकीछिपी गाउँ प्रवेश गर्ने जोकोहीलाई अनिवार्यरुपमा १४ दिनसम्म स्थानीय क्वारेन्टाइनमा राख्ने गरिएको छ ।”

एउटा टोलबाट अर्को टोल आवतजावत गर्नमा समेत रोक लगाइएको अवस्थामा बाहिरी जिल्लामा रहेका कतिपय व्यक्तिले पहुँचको भरमा समेत कागजात बनाएर आवतजावत गर्ने गरेको पाइएको छ । जिल्लामा एउटा कामका लागि प्रशासनबाट सवारी अनुमति लिएका सवारी साधन अर्कै काममा प्रयोग हुने गरेकोसमेत पाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत सोमबार साँझ पिसिआर परीक्षण गर्ने क्रममा सङ्क्रमण पुष्टि भएका उनलाई उपचारका लागि मङ्गलबार साँझ एम्बुलेन्समार्फत विराटनगरस्थित कोरोना अस्पताल पठाइएको छ ।

जिल्लामै पहिलोपटक कोरोना सङ्क्रमित भेटिएसँगै उनका परिवारसहित ४३ जनाको स्वाब सङ्कलन गरेर परीक्षण गरिएको पिसिआरको रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौँबाट गत वैशाख–१२ गते उद्धार गरेर ल्याइएका युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ । रासस

ताजा अपडेट

‘बलात्कारी संगठन’ नामकाे फेसबुक सञ्चालक पक्राउ

काठमाडौं। फेसबुकमा बलात्कारी संगठन नामक पेज तथा ग्रुप बनाउने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माथागढी-१ पाल्पाका अभिषेक नेपाल रहेको नेपाल...

जाडाेमा काेराेना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारीमा जुट्न प्रधानसेनापति थापाकाे निर्देशन

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो याममा काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाले सचेत रहनुपर्ने बताएका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने...

गण्डकीमा थपिए १६ कोरोना संक्रमित

कास्की । गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

गण्डकी प्रदेशले पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौ । कोरोना संक्रमितको निःशुल्क उपचार गर्नबाट संघीय सरकार पन्छिएपछि प्रदेश सरकारहरुले धमाधम काेराेना संक्रमितकाे निःशुल्क रुपमा गर्ने निर्णय गरिरहेका छन् । त्यसै अनुरूप गण्डकी...

प्रदेश २ काे चौथो अधिवेशन अन्त्य, १८ विधेयक पारित

जनकपुर । प्रदेश नम्बर २ प्रदेशसभाको चौथो अधिवेशन विभिन्‍न १८ वटा विधेयक पारित गर्दै मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरिएकाे छ । मंगलबार...

भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन

एजेन्सी। भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न आठ संगठनहरुले चीनविरुद्ध प्रदर्शन गरेका छन् । चीनले उइगुरहरुमाथि गरिएको क्रूर दमन, यातना शिविर र चीनमा बन्दी बनाएका दुई क्यानेडियालीहरुको...

नेपाल-चीनबीच भएका सम्झौताहरू कार्यान्वयनको गर्ने समय आएको छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा...

स्वास्थ्यमन्‍त्री भन्छन् : जनताको चाहना अनुसार निजी प्रयोगशालामा कोरोना परीक्षण ! (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स-शुल्क काेराेना परीक्षणकाे निर्णय जनताकाे चाहना अनुसार नै गरिएकाे जिकिर गरेका छन् । मंगलबार मन्त्रालयको नियमित पत्रकार...

कर्णाली प्रदेशकाे विवाद मिलाउन ओली र प्रचण्डबीच चार बुँदे सहमति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको विवाद समाधानका लागि चार...

चर्चित

नेपाल-चीनबीच भएका सम्झौताहरू कार्यान्वयनको गर्ने समय आएको छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा...

स्वास्थ्यमन्‍त्री भन्छन् : जनताको चाहना अनुसार निजी प्रयोगशालामा कोरोना परीक्षण ! (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स-शुल्क काेराेना परीक्षणकाे निर्णय जनताकाे चाहना अनुसार नै गरिएकाे जिकिर गरेका छन् । मंगलबार मन्त्रालयको नियमित पत्रकार...

जाडाेमा काेराेना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारीमा जुट्न प्रधानसेनापति थापाकाे निर्देशन

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो याममा काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाले सचेत रहनुपर्ने बताएका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने...

चीनद्वारा सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोली अपमानित !

काठमाडौं । शुक्रबार दुई जना संघीय मन्त्री सहितको जम्बो टोली सीमानाका निरीक्षणका लागि मुस्ताङको लोमाङथाङ पुग्‍यो । जसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बाणिज्य मन्त्री लेखराज...

गण्डकीमा थपिए १६ कोरोना संक्रमित

कास्की । गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

कर्णाली प्रदेशकाे विवाद मिलाउन ओली र प्रचण्डबीच चार बुँदे सहमति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको विवाद समाधानका लागि चार...

कटारीका मेयरसहित ४ जनामा कोरोना पुष्टि

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयरसहित थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कटारी...