महाकाली सन्धिमा गम्भीर त्रुटि, परराष्ट्रमन्त्रीले स्वीकारे !

काठमाडौं । विसं. २०५२ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्दा तत्कालीन एमालेको नेतृत्व माधवकुमार नेपालले सम्हालेका थिए । केपी शर्मा ओली महाकाली सन्धिका बलिया समर्थक थिए ।

अहिलेको एमसीसीजस्तै महाकाली सन्धि पनि संसदबाट पारित गराउनुपर्ने थियो । तर, सामान्य बहुमतबाट होइन, त्यसबेलाको संविधानअनुसार सन्धिसम्झौताहरू संसदको दुईतिहाइ बहुमतबाट पारित गर्नुपर्ने हुन्थ्यो ।

दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको महाकाली सन्धि ०५३ साल असोज ४ गते संसदले दुई तिहाइ बहुमतका आधारमा पारित गर्‍यो । एमालेभित्रैको एउटा ठूलो समूहले महाकाली सन्धिको विरोध गर्‍यो । यही मुद्दाका आधारमा एमालेभित्र चुलिएको अन्तरविरोध छैटौं ०५४ फागुन २१ गते पार्टी विभाजनमा गएर टुङ्गियो । पार्टी छाडेर हिँडेका बामदेव गौतम समूह ४ वर्षपछि एमालेमा विलय भयो ।

यहाँ चर्चा गर्न खोजिएको तत्कालीन एमालेको विषयमा होइन, महाकाली सन्धिका विषयमा चाहिँ हो । ०५६ सालको चुनावमा बामदेव–सीपी नेतृत्वको नेकपा मालेले माधव–ओली समूहलाई राष्ट्रघातीको संज्ञा दिएको थियो । संसदमा देउवा सरकारसँग मिलेर महाकाली सन्धि पारित गर्नु एमालेको राष्ट्रघात भएको बामदेव समूहको आरोप थियो ।

महाकाली सन्धि भएको अहिले २३ वर्ष बितिसकेको छ । यसबीचमा महाकाली नदीमा धेरै नै पानी बगिसकेको छ । महाकाली सन्धिपछि अब नेपाल बिजुली बेचेर धनी हुने बताएका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला पश्चाताप गर्नुपर्ने अवस्थामा आइसकेका छन् ।

अहिले उनै केपी ओली नेतृत्वको सरकारले लिम्पियाधुरा र लिपुलेकसम्मको नेपाली भू-भाग फिर्ता लिने सकारात्मक अडान लिएको छ । सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको रहेको र काली(महाकाली) नदी सीमा नदी भएको सरकारले अडान लिएको छ ।

तर, महाकाली सन्धिमा भने नेपालले हस्ताक्षर गर्दा महाकाली नदीको सम्पूर्ण भागलाई सीमा नदी नमानी गम्भीर गल्ती गरिएको दस्ताबेजमा देख्न सकिन्छ । महाकाली सन्धिको प्रस्तावनामै ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुकबीचको सीमा नदी भएको स्वीकार गर्दै’ भन्ने उल्लेख गरिएको छ ।

जबकि सन् १८१६ को सुगौली सन्धिले काली(महाकाली) नदीको समग्र भागलाई सीमा नदी मानेको छ । सो सन्धिको धारा ५ मा नेपालले काली नदीभन्दा पश्चिमको आफ्नो दाबी सधैंका लागि छाडेको स्पष्ट रुपमा उल्लेखित छ ।हेर्नुहोस् प्रमाण)

भारतले कालापानीमा सैनिक राखिरहेकै बेला शेरबहादुर देउवा, माधवकुमार नेपाल र केपी ओली समेतको गरिएको महाकाली सन्धि अब पुनरावलोकन गर्नैपर्ने देखिएको छ ।

राष्ट्रिय स्वाभिमानमाथि आँच आउने यो सन्धि नेपाल सरकारले चाह्यो भने एकतर्फीरुपमा पनि सच्याउन सक्छ । अहिले केपी ओलीको नेतृत्वमा नेकपाको सरकार छ । शेरबहादुर देउवा विपक्षी दलका नेता छन् । ओली र देउवा दुवै नेता विगतमा भएका गल्ती सच्याउन र नेपाली भूमिको रक्षा गर्न एकै ठाउँमा उभिएको स्थिति छ ।

महाकाली सन्धिको धारा १२ को उपधारा २ अनुसार यो सन्धिको आयु ७५ वर्षको छ र अझै ५२ वर्ष बाँकी छ । तर, सन्धिको धारा ३ ले भनेको छ, ‘यो सन्धि दुवै पक्षबाट १० वर्षको अन्तरालमा वा कुनै पक्षले चाहेको अवस्थामा सोभन्दा अगाडि नै पुनरावलोकन गरिनेछ र आवश्यक भएमा पक्षहरूले सन्धिमा संशोधन गर्न सक्नेछन् ।’

के अब ओली सरकारले महाकाली सन्धि पुनरावलोकन गरेर सीमा नदीका बारेमा लेखिएका गल्ती सच्याउला ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आजभन्दा तीन वर्षअघि नै महाकाली सन्धि पुनरावलोकन हुनपर्ने मनसाय व्यक्त गरिसकेका थिए ।

विसं. २०७४ सालमा भारतीय पत्रिका ‘द हिन्दु’मा सुहासिनी हैदरसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले यसो भनेका थिए, ‘पञ्चेश्वर र महाकाली परियोजनाका लागि सन् १९९६ मा सम्झौता गरिएको थियो । त्यसपछि २२ वर्ष बिते । त्यसैले हामीले सोध्नैपर्छ यसबीचमा हामीले के गर्याैँ त ?…. समयले हामीलाई कहिल्यै पर्खँदैन । पञ्चेश्वर सम्झौता गर्दा म एक जवान मानिस थिएँ, आज म यो उमेर भइरहेको छ । तर, पनि परियोजना सम्पन्न भएकै छैन ।

यसैबीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महाकाली सन्धिमा गम्भीर त्रुटि भएको स्वीकार गरेका छन् । आइतबार नागरिक दैनिक पत्रिकाका सम्पादक गुणराज लुईटेलसँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘निश्चय नै महाकालीको मुहान निर्धारण नगरी महाकाली सन्धि गरिनु त्यो बेलाको गम्भीर त्रुटि हो ।’ सभार अनलाइन अखबरबाट

ताजा अपडेट

रोल्पामा ६ केजी चरेससहित एक जना पक्राउ

राेल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले ६ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नछहरी गाउँपालिका-६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर...

२७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

एजेन्सी । मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो। उनको भ्रूणलाई अक्टोबर...

बाबुको हत्या गरेकाे अभियोगमा छाेरा पक्राउ

गाेरखा । ७० वर्षीय बुबाकाे हत्या गरेको अभियोगमा गाेरखामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाेरखाकाे सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाल...

कछुवा गतिमा हुँदै मध्यपहाडी राजमार्गको काम

दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने...

बौद्धमा आमाछोरी मृत भेटिए

काठमाडौं । काठमाडाैंकाे बौद्धमा एक महिला र एक महिनाको नाबालिका मृत फेला परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी...

भरूवा बन्दुक पड्किएर वनरक्षकको मृत्यु

उदयपुर । उदयपुरमा भरुवा बन्दुक पड्किएर एक जनाकाे मृत्य भएकाे छ। बुधबार राति बन्दुक पड्किएर वन रक्षक सुनसरी दुहवी घर भएका ४० वर्षीय लेखनाथ वाँस्तोलाको...

नगरवासीको आर्थिक अवस्थाको तथ्याङ्क सङ्कलन गर्दै माडी नगरपालिका

काठमाडौं । माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्याङ्क सङ्कलन कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ । नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा...

जबर्जस्ती गर्भपतन गराएको भन्दै प्रहरी निरीक्षकविरुद्ध जाहेरी दर्ता

म्याग्दी — जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट पोखराको बैदाम सरुवा भई गएका प्रहरी निरीक्षक ध्रुव शर्माविरुद्ध जबरजस्ती गर्भपतन गराएको र बहुविवाह गरेको आरोपमा जाहेरी दर्ता...

 १ हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । ताेलमा १ हजार ६ सय रूपैयाँले बढेर ९२ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल...

चर्चित

आज मंसिर १७ गते बुधबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र...

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल थालेका छन् । नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी...

कलाकार भारती सिंहको जमानत खारेज गर्न एनसीबीको अपिल

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एनडीपीएस कार्ट (मादक पदार्थ निषेध कानूनलाई आधार बनाएर काम गर्ने अदालत) मा हास्यकलाकार भारती सिंह र उनका...

फिल्म हल नखोल्न सरकारको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल फिल्म हल नखोल्न अनुराेध गरेकाे छ । मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले १५ दिन अझै कडाइका साथ...

सचिवालय बैठक : ओलीको अनुपस्थितिमा कुनै अप्रिय निर्णय भए १५ मिनेटभित्र एकता भङ्गकाे घाेषणा ! 

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बस्दैछ । दिउँसाे १ बजेकाे लागि बाेलाईएकाे बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी...

तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य...

पौडेलकाे गिरफ्तारीबिरूद्ध तनहुँ कांग्रेसले भोलि प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेस तनहुँले भाेलि तनहँमा प्रदर्शन गर्ने भएकाे छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गिरफ्तारी घटनाको विरोधमा बिहीबार बिहान ११ बजे बैठक...

नयाँ भवनमा प्रधानमन्त्री

काठमाडाैँ । साँघुरो र खचाखच गरी बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बीचमा कुनै बिघ्न नआए महिना दिनभित्रै सुविधासम्पन्न मूल भवनमा सार्ने तयारी चल्दै छ...

पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडाैं । पाल्पामा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । पाल्पा र स्याङजाका थप एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएकाे लुम्बिनी...