पाकिस्तानः बाँच्न सफल एक व्यक्तिले बताए विमान दुर्घटनापछिको नालीबेली

पाकिस्तानमा शुक्रबार कराँची एयरपोर्ट नजिकै एक विमान दुर्घटनामा बाँच्न सफल व्यक्तिले आफ्नो अनुभव साझा गरे ।मुहम्मद जुबैर ती व्यक्तिमध्येका एक हुन् जो विमान दुर्घटनामा बाँच्न सफल भएका छन् ।

पाकिस्तानी स्वास्थ्य अधिकारीका अनुसार पाकिस्तानी एयरलाइन्सको विमान एयरबस ए३२० आवासीय इलाकामा दुर्घटनाग्रस्त भएपछि ९७ व्यक्ति मारिएको पुष्टि भएको छ । विमान दुर्घटना हुनुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

तर स्थानीय मिडिया अनुसार विमान चालकले एकपटक अवतरणमा असफल भएपछि विमानमा प्राविधिक गडबडी आएको सुचना दिएका थिए । त्यसपछि विमान दुर्घटना हुनु ठिक अघि विपत्तिको संकेत शब्दमा ‘मे डे – मे डे’ भनेका थिए ।

कसरी बच्यो जुबैरको ज्यान ?

फ्लाइट पीके८३०३ ईदको ठ्याक्कै अघि लाहोरबाट उडेर ९१ यात्रीसहित लाहोर फर्किरहेको थियो । उक्त विमानमा थुप्रै परिवारका सदस्य सवार थिए ।

यो विमानले दिउँसो साढे दुई बजे कराँचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कोसिस गरिरहेका बेला यो दुर्घटनाग्रस्त भयो ।

मामुली चोटसहित बाँच्न सफल जुबैका अनुसार विमानले एकपटक अवतरण गर्ने कोसिस गरेको र त्यसको १०–१५ मिनेटपछि यो दुर्घटनाग्रस्त भएको हो ।

उनी भन्छन्, ‘विमान दुर्घटनाग्रस्त हुँदैछ भन्ने कसैलाई पनि थाहा थिएन । सबै मानिसहरु विमानमा निकै आरामका साथ उडिरहेका थिए ।’

दुर्घटनापछि जुबैर बेहोस भएका थिए ।

जुबैर भन्छन्, ‘जब मलाई होस आयो तब मैले चारैतिर चिच्याहट सुनिरहेको थिएँ । बच्चाहरु र वयस्क चिच्याइरहेका थिए । मैले आगोमात्र देखिरहेको थिएँ । त्यहाँ कोही व्यक्ति देखिनँ । ’

‘मैले एउटा सिट बेल्ट खोलेँ र मैले एउटा प्रकाश देखेँ । त्यसपछि म उक्त प्रकाशतिर भागेँ । मैले एक सुरक्षित स्थानमा पुग्नका लागि दस फिटको उचाइबाट हाम फाल्नुपर्यो ।’

कसरी भयो यो दुर्घटना ?

लाहोरबाट उडेर कराँची पुग्नै लाग्दा विमानस्थलमा अवतरण गर्नु ठिक अघि यो विमान आवासीय इलाका जिन्ना गार्डन मोडल कोलोनीमा खसेको थियो जुन एयर पोर्टभन्दा ३.२ किलोमिटर मात्रै टाढा छ । दुर्घटना हुनु ठिक अघि विमानका चालकले इन्जिन खराब भएको र विपत्तिको संकेतमा ‘मे डे’ शब्द उच्चारण गरेका थिए ।

पीआईएका मुख्य कार्यकारी अधिकारी एयर भाइस मार्शल अरशद मलिकले दुर्घटनालगत्तै पाइलटले ट्राफिक कन्ट्रोललाई विमानमा प्राविधिक समस्या आएको सूचना दिएको जानकारी दिए ।

पाकिस्तानको समाचार च्यानल दुनियाँ न्यूजले पाइलट र ट्राफिक कन्ट्रोलबीच भएको कुराकानीको रेकर्ड आफूसँग भएको दाबी गरेको छ ।

यो रेकर्डिङ मनिटरिङ वेबसाइट liveatc.net ​ मा पनि पोस्ट गरिएको छ । उक्त कथित रेकर्डिङमा पाइलट भन्छन्, ‘विमानका दुई इन्जिनले काम गर्न बन्द गरेको छ…. मे डे… मे डे ।’

प्रत्यक्षदर्शीका बयान:

उक्त दुर्घटनाका प्रत्यक्षदर्शी उजैर खानले एक ठूलो विस्फोटको आवाज सुनेर के भयो भनेर बाहिर दौडिएको बताए । उनले भने, ‘चारवटा घर पूर्ण रुपमा ध्वस्त भएका थिए । त्यहाँ ठूलो आगलागी भएको थियो र धुँवा आएको थियो । उनीहरु मेरा छिमेकी हुन् । म तपाईंलाई बताउन सक्दिनँ कि यो कति खतरनाक घटना थियो ।’

घटनास्थल नजिकै बस्ने डा. कंवल नाजिमले ठूलो आवाज आएपछि उनी घर बाहिर गएको र मस्जिद पछाडि कालो धुँवा निस्किरहेको देखेको उनले बताइन् । डा. नाजिमले उनको घर दुर्घटना स्थलभन्दा निकै नजिक भएको र आफूले मानिसहरु चिच्याइरहेको सुनेको बताइन् ।

उक्त दुर्घटनामा जफर मसूद पनि बाँच्न सफल भएका छन् । मसूद बैंक अफ पंजाबका अध्यक्ष हुन् जसलाई गुलशन–ए–जौहर अस्पतालमा भर्ना गरिएको थियो ।

स्रोतः बीबीसी

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित