बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा सतर्कता अपनाउन आह्वान

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाइ छ ।

चक्रवातका कारण मंगलबारबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई–तीन दिनसम्म नेपालमा देखिने मौसम विज्ञान विभागको अनुमान छ । विभागले पूर्वसूचना जारी गर्दै भनेको छ, ‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २–३ दिनसम्म देशैभरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध छ ।’

चक्रवातले जमिनमा छोइसकेपछि काम गर्न छोड्छ । जबसम्म अम्पुनले जमिन छुँदैन, तबसम्म वर्षाको सम्भावना हुने मौसमविदहरु बताउँछन् । हाल अम्पुन भारतको ओडिसा हुँदै १३ किलोमिटर प्रतिघण्टाको दरले उत्तरतर्फ सरिरहेको छ । १९ मेसम्म यसको वेग १८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान छ ।

भारतमा यसले पुर्याउन सक्ने क्षति रोक्नका लागि पश्चिम बंगालमा ७ र ओडिसामा १० वटा विशेष टोली परिचालन गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसबारे छलफल गर्न गृहमन्त्रीसहितको विशेष बैठक आह्वान गरेका छन् ।

भारतीय मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर एम महापात्राले यस चक्रवातले २० मेमा भारतको तटीय क्षेत्रलाई छुने र भयंकर वर्षा हुने चेतावनी दिएका छन् । उनका अनुसार यो अम्पुन चक्रवातका कारण ओडिसा, पश्चिम बंगाल, आसाम र मेघालयमा हुरी बताससँगै भारी वर्षा हुने छ । भारतका अन्य स्थानमा भने यसको असर नपर्ने बताइएको छ ।

ताजा अपडेट

मुम्बई २६/११ आतंकी हमलामा मारिएकाहरूकाे सम्झनामा मैनबत्ती र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

आज मंसिर १२ गते शुक्रबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना...

बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय...

मुम्बई २६/११ आतंकी हमलाको विरोधमा मोटरसाइकल र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

सुरुमा नौ लाख नेपालीलाई कोरोना खोप

काठमाडाैँ । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको...

बेलायतमा एकै दिन ६९६ संक्रमितको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा बेलायतमा दैनिक मृतक...

प्रचण्डमाथि पार्टी फुटाउन खाेजेकाे आरोप

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित...

आज मंसिर ११ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो...

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४८ जना संक्रमित...

चर्चित

आज मंसिर १२ गते शुक्रबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना...

मुम्बई २६/११ आतंकी हमलामा मारिएकाहरूकाे सम्झनामा मैनबत्ती र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

आज मंसिर ११ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो...

मुम्बई २६/११ आतंकी हमलाको विरोधमा मोटरसाइकल र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

इनर-मंगोलियामा चिनियाँ ज्यादती, धम्की दिएर भाषामाथि प्रतिबन्ध

एजेन्सी । इनर-मंगोलियामा स्थानीय भाषाको शिक्षणमा लगाइएको प्रतिबन्धको विरोधमा हप्तौंसम्म बृहत प्रदर्शन गर्दै आफ्ना बालबालिकालाई विद्यालय नपठाउने घोषणा गरेका अभिभावहरुलाई जागिरबाट निकाल्‍ने धम्की दिएपछि...

कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरको सेवा एक साता स्थगित

कास्की । कर्मचमरीमा कोरोना संक्रमण देएिपछि पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा एक साताको लागि स्थगन गरिएको छ । महानगरपालिकाले आज एक सूचना जारी...

कर्णालीका सभामुख शाही चढ्ने गाडीमाथि अख्तियारले थाल्याे छानबिन

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही चढ्ने गाडीमाथि छानबिन थालेकाे छ। सरकारी खर्च निर्देशिकाविपरीत खरिद गरिएकाे उक्त गाडीमाथि अख्तियारले...

दुबईबाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

काठमाडौँ| एक सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज संयुक्त अरब एमिरेट्स यूएईबाट पहिलो चार्टड बिमान उडेको छ | यूएईबाट...