मेरो श्रीमानको यौन शक्ति कम छ, के गर्ने होला ?

म २७ वर्षीया विवाहित महिला हुँ । तीन वर्षको प्रेमपछि हाम्रो मागीविवाह भएको हो । विवाहअघि हामीबीच यौनसम्पर्क सीमित रूपमा सुरक्षित हिसाबले भैसकेको थियो ।

हाल विवाह भएको एक वर्ष पुग्यो । यौनसम्पर्क गर्दा मेरो श्रीमानको वीर्य स्खलन एक मिनेटभित्र एकदमै छिटो भैहाल्छ, जसले गर्दा म सन्तुष्ट हुन सकिरहेकी छै न । यसका लागि उपर्युक्त उपाय के हुन सक्छ ?

यौनसम्पर्क सामान्यतः कति अवधिको हुन्छ ? यौनसन्तुष्टिलाई पोजिसनले फरक पार्छ कि ? गर्भवती महिलाले यौनसम्पर्क गर्न हुन्छ कि हुदैन ? हुन्छ भने कुन पोजिसनमा गर्न सकिन्छ ?

उत्तर : शीघ्र स्खलन के हो ?

किन्सेले गरेको अध्ययनअनुसार योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको देखिएको थियो । शीघ्र स्खललाई कसरी परिभाषित गर्ने भन्ने निकै बहस पनि वैज्ञानिकहरूमा नभएको होइन ।

लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्यस्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले आफू तथा आफ्नो यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्य स्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्र स्खलन मान्न थालिएको छ । यो कुरा तपाईंको हकमा पनि लागू हुन्छ ।

यौनसम्पर्कलाई कति समय लम्ब्याउने भन्ने कुरा दम्पतीमा भर पर्छ । महिलालाई चरम सुखको स्थितिसम्म पुग्न केही बढी समय लाग्न सक्छ, त्यसैले पुरुषले लिङ्ग प्रवेश गराएर यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले पर्याप्त मात्रामा पाक्क्रीडामा संलग्न हुन सके तपाईंलाई सहयोग पुग्थ्यो । योनिमा लिङ्ग नछिराई किन वीर्य स्खलन भएको होला ? प्रायः सबैजसो पुरुषले आफ्नो जीवनको कुनै न कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् ।

घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्यामध्ये सबैभन्दा बढी पाइने समस्या हो । सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन चाँडो हुनु नै शीघ्र स्खलन हो । तपाइर्ंले पत्रमा उल्लेख गर्नुभएअनुसार निरन्तर शीघ्र स्खलनको समस्या छ र तपाईंको यौनसन्तुष्टि प्राप्तिमै नकारात्मक प्रभाव परेको छ ।

यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारणको मानसिक नै भएको पाइन्छ । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ । आफ्नी श्रीमती वा यौनजोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ ।

विरलै भए पनि केही समस्याको कारण त होइन भनेर केलाउन पनि बिर्सनु हुँदैन । आक्कल- झुकक्ल यस्तो शीघ्र स्लखन हुँदा चिन्ता गर्नु आवश्यक छैन । अनावश्यक रूपमा चिन्ता गरे झनै समस्या बढाउँछ । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ । यो समस्यालाई कम गर्न आफैंले गर्न सकिने केही उपाय छन् ः यौनसम्पर्क रोक्ने-सुरु गर्ने ः यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही वेर यौनक्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने ।

आशन परिवर्तन गर्ने: लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै यौनसम्पर्क गरे पनि शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ ।

लिङ्ग अँठ्याउने : यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठ्याउने र वीर्य स्खलन हुन नदिने । यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रिडा सुरु गर्ने ।

कन्डमको प्रयोग गर्ने : त्यस्तै कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ । यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाईदा पुर्‍याउँछ ।

मांसपेशी प्रयोग गर्ने : पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।

वीर्य स्खलन नियन्त्रणको अभ्यास :

यो दीर्घकालीन उपचारमा सहयोगी हुनसक्छ । हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो रोक्ने र यो प्रक्रिया दोहार्‍याउने ।

वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती -यौनसाथी सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौन सम्पर्क भने नगर्ने ।वीर्य स्खलन होलाजस्तो भए पनि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

आफ्नो यौनसाथीसँग पहिले कुनै चिप्लो पदार्थ प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने । अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि लिङ्गलाई बिस्तारै भगक्षेत्र -योनिक्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने तर यौनसम्पर्क भने नगर्ने । यस्तो गर्दा वीर्य स्खलन होलाजस्तो भए यी क्रियाकलाप गर्न रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने ।

वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै पहिले श्रीमती बढी सक्रिय हुने गरेर यौनसम्पर्क सुरु गर्ने अनि वीर्य स्खलनको नियन्त्रण गर्न सकिने स्थिती वा क्षमता हेर्दै विविध तरिका अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने । समय र धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक हुनसक्छ र यसमा श्रीमान्लाई तपाईंको पर्याप्त सहयोग चाहिन्छ ।

ताजा अपडेट

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९०० नाघ्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९०४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

काेराेना कहर: संक्रमितलाई लगाइने खोपमा कालोबजारी गर्ने स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई...

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...