सर्वेक्षणले देखायाे १८ वर्षको उमेरमै पहिलो पटक यौन सम्पर्क

सम्पर्कका बारेमा थाहा पाउन् यो पढ्नुसस्असुरक्षित यौनजन्य क्रियाकलापबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक अध्ययनअनुसार किशोर(किशोरीले औसत १८ वर्षको उमेरमा आफूले पहिलो पटक यौन सम्पर्क गरेको बताएका छन्। किशोर(किशोरी तथा युवामध्ये ४४ प्रतिशतले यौनसम्पर्क गरिसकेका र विवाहित दम्पतीमध्ये १३ प्रतिशतले विवाहपूर्व नै यौनसम्पर्क गरिसकेको तथ्यांक सार्वजनिक भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१० र २०११ मा गरेको सर्वेक्षणमा १५ वर्ष नपुग्दै सात प्रतिशत किशोर(किशोरीले यौन सम्पर्क राखेको तथ्य प्रकट भएको थियो। नयाँ एक सर्वेक्षणले ७२ प्रतिशत किशोर(किशोरीले यौनसम्पर्क राख्ने गरेको, २४ प्रतिशतले ब्याइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको र तीन प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको तथ्यांक उदांगो पारेको छ। १० देखि २४ वर्ष उमेर समूहका आठ हजार नौ सय ७४ घरधुरीका १४ हजार सात सय ५४ जना किशोर(किशोरीमा गरिएको सर्वेक्षणबाट उक्त तथ्यांक आएको हो। यस्तो तथ्यांकले शहरी जीवनमा हुर्किरहेको नयाँ पुस्तालाई सम्बोधन गरेको छ। सेक्स जति सरल भएको छ, त्यति नै सहज पनि। बढ्दो इन्टरनेट प्रयोगलाई यसको प्रमुख कारण मानेका छन्, विश्लेषकहरूले। ‘म आफ्नो करिअर डेभलप नगरी विवाह गर्दिनँ, कम्तीमा ३० वर्षमा गरिन्छ बिहे,’ भर्खरै प्लस टू पास एक किशोर भन्छन्, ‘गर्लफ्रेन्ड छँदै छ, करिअर बनाएरमात्र विवाह गर्ने हो। फेरि, विवाह जेका लागि गर्ने हो, त्यो मैले प्राप्त गरिरहेकै छु।’ ढिलो विवाह गर्ने चलन दाम्पत्य जीवनका लागि सहज मानिन्छ। तर, कतिपयले यसलाई अस्वीकार पनि गर्छन्। ‘करिअर बनाउने भनेकै तीस वर्षसम्म हो। त्यसपछि भविष्य कसरी सुखमय बनाउने भनेर सोच्नुपर्छ।

त्यसैले बिहे ढिला गर्नुपर्छ,’ एक युवाले भने। प्लस टू भर्खर पास गरेका उमेर समूहका केही युवाहरूसँगको कुराकानीका क्रममा कोही ढिलो बिहेको पक्षमा उभिए भने केही बिहे भनेको बँैस छँदै गर्नुपर्छ भन्नेहरू पनि भेटिए। करिअर पछि बनाउने र आफ्नो जीवन पनि सुखी राख्नका लागि चाँडो विवाह गर्नुपर्ने उनीहरूको जोड छ। दाम्पत्य जीवनलाई प्रधान नमान्ने शहरिया नयाँ पुस्ता बिस्तारै यौन सम्पर्कलाई प्रमुख स्थानमा राखेर हेरिरहेको छ। आवश्यकता र महत्व छुट्याउन नजान्दा र समयमा यौनबारे सहज शिक्षा नपाउँदा शहरी किशोर(किशोरी सेक्स गर्न हतारिएका छन्।यौनसम्बन्धी अत्यधिक उत्सुकता र चाहनाका कारण एक युवकले १२ वर्षको उमेरदेखि नै गाउँकी नातामा बहिनी पर्नेसँग करिब आठ वर्षसम्म यौनसम्बन्ध राखे। एउटै कक्षामा पढ्ने भएकाले पनि उनीहरूले पढ्ने बहानामा सम्बन्ध राख्ने गरेका थिए। अपरिपक्व उमेरमा रहेको असीमित यौन उत्सुकताका कारण उनीहरूले नजिकको नातालाई बिर्सेका थिए।

उनीहरूको वास्तविकता समाजमा कहिल्यै बाहिर आएन। तर, उनीहरूको सम्बन्ध भने सुरक्षित थिएन भन्ने कुरा उनीहरू स्वयंले स्वीकार गरेका छन्। सानै उमेरदेखि आधुनिक प्रविधिसँग पहुँच बनाउन थालिसकेका आजका युवाले यौनलाई अत्यन्त हल्का रूपमा लिइदिँदा यसले विकृति समेत निम्त्याउन थालिसकेको छ। दश कक्षा पढ्दासम्म पनि गर्लफ्रेन्ड बनाउन नसक्नेहरूको साथीहरूमाझ इन्सल्ट हुने गरेको कक्षा ९ पढ्दै गरेका मुकेश बताउँछन्। ‘हाम्रो ग्याङ ठूलै छ।

सबैजसोका गर्लफ्रेन्ड पनि छन्। गर्लफ्रेन्ड नहुनेहरू ग्रुपमा कार्टुन हुन्छन्। गर्लफ्रेन्ड भएपछि किससिस हुनु त सामान्य भइ नै हाल्यो,’ उनले भने। उनीहरूले सामान्य रूपमा लिएको ‘किससिस’ कक्षा १२ सम्म पुग्दा यौन सम्पर्कसम्म पुगिसकेको हुन्छ। कक्षा १२ मा पढ्दै गरेकी एक किशोरी कलेज ड्रेसमा नै गर्भपतनका लागि मेरी स्टोप्समा पुगेकी थिइन्। जोसमा होस नगुमाई सुरक्षित तरिकाले शारीरिक सम्बन्ध राखेको भए यो अवस्थाको सिर्जना हुने थिएन। उनलाई यौनसम्बन्ध राख्दाको अनुभवबारे साथीहरूले बताएका थिए। साथीहरूले झैँ यौनका बारेमा जान्ने र आफ्नो इच्छा पूरा गर्ने चाहनालाई कन्ट्रोल गर्न नसक्दा उनले गर्भपतन गर्नुपरेको थियो। चौबिसै घण्टा कम्प्युटर र नेटमा झुन्डिरहने बालबालिकाका अभिभावकले आफ्ना छोराछोरीले के गरिरहेका छन् भनेर ुफलो अपु गर्नुपर्ने आवश्यकता छ । स्कुलमा समेत यौन तथा प्रजनन स्वास्थ्यको ुटपिकु आएमा आफैँ पढ भनेर छाडिदिने शिक्षकको प्रवृत्तिका कारण पनि किशोरावस्थाका विद्यार्थीले अन्य माध्यमलाई यौन जिज्ञासा मेटाउने साधनको रूपमा प्रयोग गर्न थालेका छन्। गाँस, बास, कपासझैँ यौनले पनि मौलिक अधिकारभित्र आफ्नो स्थान पक्का गरिसकेकाले कसैलाई पनि यौनजन्य क्रियाकलाप नगर भनेर रोक्न मिल्दैन। त्यसैले खुलेर यौनसम्बन्धी जिज्ञासा राख्ने वातावरण सिर्जना गरिदिने हो भने किशोर(किशोरी आपराधिक तथा असुरक्षित यौनजन्य क्रियाकलापबाट बच्न सक्छन्।

ताजा अपडेट

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बने : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अभिभावकविहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...