सरकारले तत्काल नेपालको नयाँ नक्सा जारी नगर्ने!

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता गरेपछि नयाँ नक्सा जारी गर्ने बताएका छन् । त्यसका लागि साझा मत र राष्ट्रिय एकताको जगमा भारतसँग वार्ता अघि बढाउने उनको भनाइ छ ।

भारतले नेपाली भूमि लिपुलेक मिचेर बनाएको सडक उद्घाटन गरेपछि सीमा समस्याबारे सुझाब लिन बुधबार प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्री, संसदमा प्रतिनिधित्व गर्ने दलका नेता सहभागी बैठकमा उनले तथ्य–प्रमाणका आधारमा मिचिएको भूमि फिर्ता ल्याउन सम्भव रहेको जिकिर गरे ।

‘हामीले बलियो राष्ट्रिय एकताको जगमा वार्ता र कूटनीतिक प्रयासमार्फत मिचिएको नेपाली भूमि फिर्ता गर्न सक्छौँ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘त्यसपछि नेपालको नक्सा जारी गर्ने कुरा संवैधानिक, कानुनी र व्यावहारिक हिसाबले उचित हुन्छ । किनभने अहिले त मिचिएको क्षेत्र हाम्रो संविधानको नक्सामा छैन । त्यसैले पहिलादेखिकै भएका कमजोरी नसच्याईकन नक्सा जारी गर्दा तल पर्न सक्छौं ।’

नक्सा जारी गर्नका लागि संविधान संशोधन गर्नुपर्ने, निशान र छापसमेत परिवर्तन गर्नुपर्ने भएकाले वार्ता सफल बनाएर भूमि फिर्ता नल्याई अहिल्यै नक्सा जारी गर्दा त्यसको आधिकारिकतामाथि नै प्रश्न उठ्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यसैले अहिले नक्सा जारी गर्ने सोचमा सरकार नरहेको उनले बताए ।

भारतले ६० वर्षदेखि नेपाली भूमिमा फौज राख्दै आए पनि विगतका कमजोरी उप्काएर इतिहासलाई दोष लगाउँदा नेपाल आफैँ कमजोर हुने भएकाले तथ्य, प्रमाण र आधारसहित वार्तामार्फत समाधान गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

वार्तामार्फत समस्या समाधानका लागि प्रयास जारी राखिरहेकै वेला कोरोना महामारीको मौका छोपेर भारतले सडक उद्घाटन गरे पनि कूटनीतिक नोटमार्फत पुनः वार्ताका लागि अधिकतम प्रयास अघि बढाएको जानकारी उनले बैठकमा दिएका थिए ।

बैठकमा कांग्रेस सभापति देउवासहित पूर्वप्रधानमन्त्रीहरूले आवश्यक तथ्य र प्रमाणका आधारमा भारतसँग मात्र होइन, चीनसँग पनि वार्ता अघि बढाउन सरकारलाई सुझाब दिएका छन् । उनीहरूले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले चाल्ने जुनसुकै कदममा साथ दिन तयार रहेको बताएका छन् ।

‘काली नदीवारिको भू–भाग नेपालकै हो । तथ्य र प्रमाणहरू संकलन गरेर अतिक्रमित भूमि फिर्ता गराउनुपर्छ, त्यहाँ रहेका भारतीय सेना तत्काल फिर्ता पठाउन पनि सरकारले पहल गर्नुपर्छ,’ देउवाको सुझाब थियो, ‘लिपुलेकमा नेपाललाई बाहिर राखेर भारत–चीनबीच व्यापारिक नाका बनाउने सम्झौता भएकाले दुवै मुलुकसँग संवादमार्फत सरकारले समाधानको प्रयास अघि बढाउनुपर्छ ।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा जारी गरेपछि सबै राजनीतिक दलले साझा धारणा बनाएको स्मरण गर्दै अब पनि साझा मत र राष्ट्रिय एकताको जगमा वार्ता अघि बढाउनुपर्ने बताए । उनले यसअघि जारी प्रयासकै जगमा उभिएर वार्ता अघि बढाउन पनि सुझाब दिए ।

नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सीमा समस्या समाधानका लागि नक्सा प्रकाशनको तयारी, आवश्यक तथ्य–प्रमाण जुटाउन प्रयास गर्ने र त्यसका लागि आवश्यकताअनुसार अध्ययन टोलीसमेत गठन गर्नुपर्ने बताए ।

आफूले सीमा समस्या समाधानका लागि काँडेतार लगाउने, करेन्ट छाड्ने जस्ता विभिन्न विकल्पमा पनि सोच्न सकिने बताएको भए पनि त्यसलाई गलत ढंगले प्रचार गरिएको पनि नेता नेपालले प्रस्ट्याएका थिए ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रवादको कार्ड खेल्नुको सट्टा राष्ट्रियताबारे तथा सीमा समस्या समाधानबारे उच्चस्तरीय राजनीतिक आयोग नै बनाएर अघि बढ्दा उपयुक्त हुने सुझाब दिए ।

भारतीय प्रधानमन्त्रीसँग सीधा सम्पर्क गरेर दुई देशबीचको सीमासम्बन्धी उच्चस्तरीय संयन्त्रलाई क्रियाशील बनाउनुपर्ने, त्रिदेशीय सीमाबिन्दु तय गर्न चीनसहितको त्रिपक्षीय वार्ता पनि अघि बढाउनुपर्ने बताए । वार्ताबाट समाधान नहुने अवस्थामा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय न्यायालयको पनि सहयोग लिन सकिने उनको भनाइ थियो ।

त्यस्तै, पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय एकता र साझा धारणाका आधारमा तत्काल वार्ता अघि बढाइनुपर्नेमा जोड दिए । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सीधै प्रधानमन्त्रीको तहबाट भन्दा मातहतका सरकारी संयन्त्रलाई क्रियाशील बनाएर वार्ता अघि बढाउनु उपयुक्त हुने धारणा राखे । नयाँ पत्रिका दैनिकबाट

ताजा अपडेट

१३ जिल्लामा छन् ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित

काठमाडौं । नेपालमा शनिबार ३८ हजार ५ सय ८४ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित रहेका...

क्लिन फिडका कारण अब उपभोक्ताले बढी शुल्क तिर्नुपर्ने

काठमाडाैं । टेलिभिजन वितरकहरुले क्लिन फिड पूर्ण रुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

प्रदेश १ मा थपिए २२२ कोरोना संक्रमित

काठमाडाैं । प्रदेश १ मा शनिबार २२२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार मोरङमा १ सय २६, सुनसरीमा...

दिल्लीमाथि मुम्बईको शानदार जित

काठमाडौं । आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको शानदार जित निकालेकाे छ । दिल्लीले दिएकाे ११० रनकाे सामान्य लक्षय मुम्बईले १५ औं ओभरमा...

डडेल्धुरामा ११ जुवाडे पक्राउ

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले ११ जना जुवाडेलाई पक्राउ गरेको छ। डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएकाे...

सुदूरपश्चिमका कानुनमन्त्री शाहलाई कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य पखाला लागेपछि शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका...

बालिका बलात्कार आरोपमा पक्राउ

इलाम । इलाका प्रहरी कार्यालय नयाँबजार, इलामले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा माइजोगमाई गाउँपालिका–५ का २०...

बागमतीका मुख्यमन्त्री कोरोना मुक्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमण मुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको...

आमा कुट्ने छाेरा पक्राउ

सिरहा । ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाले ८५ वर्षीया आमालाई कुटपिट गरेकाे आराेपमा उनकै छाेरालाई पक्राउ गरेकाे छ । आफ्नै आमा सुदामा देवी साहलाई कुटपिट...

चर्चित

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या!

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम...

पाकिस्तानको संसदमा ‘मोदी-मोदी’, विदेशमन्त्री कुरेशी ‘तीन छक’

इस्लामावाद । पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद...

छुरा प्रहारबाट २४ वर्षीय युवककाे मृत्यु

काठमाडौं । अज्ञात समूहकाे छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । काठमाडौंकाे धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४...

मुकेश चाैरसियाकाे आठ दिनपछि अन्त्येष्टि

पर्सा । नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । मृत्यु भएकाे आठ दिनपछि चौरसियाको...

देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

काठमाण्डौ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा...

कलाकार सुशीला दाहालको निधन

काठमाडाैं । कलाकार सुशीला दाहालको निधन भएको छ। पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान ६७ वर्षको उमेरमा निधन भएको हो। कलाकार...

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४...

भारतीय सेना प्रमुखको नेपाल भ्रमणले सम्बन्ध सुधार होला ?

काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीले प्रभावित भारतले नेपाललाई महामारीविरुद्ध लड्‍न सहयोग प्रदान गर्दैआएको छ । महामारीका लागि भारत सरकारले...

राजतन्त्र फर्काउने भन्दै राजावादीहरु सडकमा

जनकपुर । राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फर्काउन अभियान शुरु गरेका छन् । राजतन्त्र फर्काउनका लागि राजावादीहरुको सक्रियता बढाउदै जनकपुरधाममा शनिबार र्याली निकालिएको छ...