तिहारबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालीको महान् चाड तिहार, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना दिँदै यस वर्षका सबैजसो चाडपर्व कोभिड–१९ महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत् सुरक्षालाई ध्यान दिई मनाउन आग्रह गरेकी छन् ।

सन्देशमा भनिएको छ, “यस महामारीविरुद्धको खोप हालसम्म विकास भइनसकेकाले पूर्वसावधानीका लागि समयसमयमा हात धुन, मास्क सही तरिकाले प्रयोग गर्न तथा व्यक्तिहरूबीच भौतिक दूरी कायम गर्न भुल्नु हुँदैन । चाडपर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्वसावधानी पालना गर्नु झनै जरुरी हुन आएको छ ।”

तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸ मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नाका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने तथा देउसीभैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पु¥याउने विश्वास उनले व्यक्त गरेकी छन् ।

सन्देशमा पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्वको तिहार प्रकाशको पर्व पनि भएको उल्लेख गर्दै तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गरिएको छ ।

ताजा अपडेट

विवाद बढेकाे बेला सचिवालय बैठककाे औचित्य छैन त्यसैले अब बैठक नराखौं : केपी ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकको औचित्य नभएको बताएका छन् । मंगलबार बालुवाटारमा बसेकाे नेकपा सचिवालय...

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

 झापा । जिल्ला प्रहरी कार्यालय झापाले एकजना फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दमक नगरपालिका-७ बस्ने ६५ वर्षीय टेकबहादुर नेम्बाङ रहेका प्रहरीले...

बालुवाटारबाटै देशभर गुटबन्दी गरेकाे प्रचण्डकाे आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा ठूलो अहंकार देखिएको आरोप लगाएका...

नेकपा सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन

काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा...

काेसँग लगनगाँठाे कस्दै छन् रमेश प्रसाई?

काठमाडाैं । नवगायक तथा प्रखर वक्ता रमेश प्रसाईले लगनगाँठाे कस्ने भएका छन् । रमेशले यहि मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र...

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ। गत २४ घण्टामा १ हजार ३ सय ४ जना...

नेकपा सचिवालय बैठक दुई अध्यक्षकाे प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा दुई अध्यक्षकाे प्रस्तावमाथि छलफल सुरु भएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मंगलबार बसेकाे बैठकमा प्रधानमन्त्रीसमेत रहेका...

काठमाडौं उपत्यकामा थपिए ५३० कोरोना संक्रमित

काठमाडौं । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ३० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी...

पछिल्लाे २४ घण्टामा देशभर थपिए १३०४ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा आज थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४...

चर्चित

‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स (भिडियाेसहित)

काठमाडाैं । कलाकार प्रकाश सपूत र गायिका अनिता चलाउनेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ । गीतमा सपूत स्वयंमको शब्द तथा संगीत छ । प्रकाश...

चीनले किम र उनको परिवारलाई कोरोना खोप दिएको खुलासा

एजेन्सी । चीनले किम जोङ उन र उनको परिवारलाई कोरोना भाइरसविरूद्दकाे खोप दिएको खुलासा भएकाे छ। किम र उनको परिवारलाई आफ्नो कोरोना भाइरस खाेप दिएको...

फेसबुकमा अश्लिल फोटो हालेर भाइरल गराईदिने भन्‍दै ठग्‍ने दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले ३० हजार रूपैयाँ ठगी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका-३ का ३१ वर्षीय...

पाँच दिनदेखि बेपत्ता युवकको शव भेटियो

बिराटनगर । पाँच दिनदेखि बेपत्ता सुनसरीका एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । सोमबार...

बढ्याे सुनको मूल्य

काठमाडौं । पछिल्ला केहिदिन निरन्तर घटेकाे सुनकमाे मूल्य मंगलबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर...

राजावादीको जुलुसमा नजान सरकारकाे अपील

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनमा नजान सरकारले अपिल गरेकाे छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं...

स्कुल बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

नवलपुर । पूर्वी नवलपरासीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् । पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका-९...

आचार्य, कँडेल र पाण्डेको नाम सचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले तीन जना सह-सचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे ७० औँ सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएकाे बैठक प्रधानमन्त्रीसमेत रहेकाे नेकपा अध्यक्ष केपी...