भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

रुपन्देही। खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।

लुम्बिनी तथा मर्चवार क्षेत्रमा भेटिएका कोरोना संक्रमित युवाले भारतका विभिन्न स्थानबाट आउँदा नेपाल आउने मालवाहक ट्रक र कन्टेनरको प्रयोग गरेको बताएपछि त्रास बढेको हो ।लकडाउनपछि भैरहवा भन्सार कार्यालय हुँदै ६ हजार पाँच सयभन्दा बढी फलफूल, तरकारी र खाद्यान्नलगायत सामान बोकेर ट्रक तथा कन्टेनर प्रवेश गरेको भन्सार कार्यालयले जनाएको छ ।

यी सवारी साधनका चालक र सहचालक १३ हजारभन्दा बढी हुन आउँछ । सवारी साधन चालकले नेपालमा प्रवेशसँगै स्थानीय पसलमा सामान किन्ने, चिया पसलमा चिया खाने र सामान लोड अनलोड गर्दा धेरै मानिससँग सम्पर्क हुने भएकाले सीमाक्षेत्रमा त्रास देखिएको बेलहियाका इरफान वारिसले बताए ।

भारतबाट आउने चालक तथा सहचालकबाट कोरोना संक्रमण फैलिन नदिन भन्सार एजेन्टसँग स्थानीय नागरिकले छलफल गरे पनि कुनै निर्णय हुन नसकेको बेलहिया गाउँ समाजले जनाएको छ ।

जोखिम न्यूनीकरण गर्न प्रशासन तथा सरकारले ठोस निर्णय लिनुपर्ने गाउँ समाजका सदस्य रमेश थापाले बताए । भारतबाट आउने चालक तथा सहचालकलाई सामान्य स्वास्थ्य जाँच गर्ने र ट्रक तथा कन्टेनरमा स्यानिटाइजर छर्कने काम गरिए पनि अरु उपाय अवलम्बन गर्न नसकिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पुण्य लम्सालले जानकारी दिए । सीमा नाकामा अलपत्र नेपालीलाई सुरक्षितसाथ ल्याएर क्वारेन्टाइनमा राखी स्वास्थ्य जाँचको व्यवस्था मिलाउन र ट्रक तथा कन्टेनरलाई भन्सार विन्दुमै रोक्न स्थानीयवासीले माग गरेका छन् । रासस

ताजा अपडेट

सीडीओ र सुरक्षा प्रमुखलाई कार्यक्षेत्र नछाेड्न निर्देशन

काठमाडाैं । सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई चाडपर्वका बेला कार्य क्षेत्र नछाड्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले...

रामप्रसाद ओलीकाे अध्यक्षमा श्रम अदालत गठन

काठमाडौं । सरकारले न्यायाधीश रामप्रसाद ओलीकाे अध्यक्षतमा श्रम अदालत गठन गरेको छ । मपन्त्रिपरिषद्को असोज २९ गतेको बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने गरी श्रम...

इरानमा अहिलेसम्मकै धेरै काेराेना संक्रमितकाे मृत्यु

तेहरान । कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी समाचार सम्प्रेषण गरेका छन् । इरानमा...

मन्त्रिपरिषद्का निर्णयहरू (सूचिसहित)

काठमाडाैं । सरकारले सार्वजनिक सवारी साधनमा चैत ११ गतेअघिको भाडा लागू हुने निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले असोज २६ र...

प्रधानमन्त्री र मन्त्रीको दसैं भत्ता पनि कोरोना कोषमा जम्मा गरिने

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सबै सदस्य प्राप्त गरेकाे दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय गरेकाे छ । सरकारका प्रवक्ता एवं सूचना तथा...

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

काठमाडौं । नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र...

अपहरण मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

काेराेनाबाट कैदीबन्दीलाई जोगाउन मानव अधिकार आयोगको १३ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काेराेना भाइरस (कोभिड-१९) महामारीबाट थुनुवा तथा कैदीबन्दीलाई सुरक्षित राख्न कारागार सुधारसम्बन्धी १३ बुँदे सुझाव कार्यान्वयनका लागि सरकारलाई सिफारिस...

यातायात मन्त्री नेम्वाङमा कोरोना संक्रमण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री नेम्वाङले आफूमा कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्...

चर्चित

सीमा अतिक्ररमण गर्ने चीनको नयाँ शैली : हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दाबी

काठमाडौं । चीनले पहिलेदेखि विशेषगरी छिमेकीहरुको सीमा अतिक्रमण गर्दा लुकिछिपि गर्ने गरेको र पछि थाहा भयो भने त्यसलाई बेवास्ता गर्दा कब्जा गर्दै जाने रणनीति...

कसरी पुग्याे नेकपाभित्र चरम विन्दुमा कलह ?

काठमाडौं – सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष...

कोरोना उपचारमा पन्छियो सरकार

काठमाडाैँ । सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र...

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी...

ललिता निवास प्रकरण : गच्छदारको सम्पत्ति रोक्का

काठमाडाैँ । बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ...

चीनद्वारा सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोली अपमानित !

काठमाडौं । शुक्रबार दुई जना संघीय मन्त्री सहितको जम्बो टोली सीमानाका निरीक्षणका लागि मुस्ताङको लोमाङथाङ पुग्‍यो । जसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बाणिज्य मन्त्री लेखराज...

सीडीओ र सुरक्षा प्रमुखलाई कार्यक्षेत्र नछाेड्न निर्देशन

काठमाडाैं । सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई चाडपर्वका बेला कार्य क्षेत्र नछाड्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले...

भाइले गरे दाजुकाे हत्या

  सल्यान । सल्यानमा आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका-१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...