आन्तरिक उडानमा उत्साह, अन्तर्राष्ट्रिय उडान बढेन

काठमाडौं । कोभिड–१९ महामारीका कारण ६ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन ।

कोभिड महामारी बढिरहे पनि दशैँ, तिहार, छठलगायत पर्वले आन्तरिक उडानमा यात्रुको सङ्ख्या सन्तोषजनक रहेको छ । गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएपनि अहिलेसम्म उडान सङ्ख्या बढ्न सकेको छैन ।

अन्तर्राष्ट्रिय उडान हुने कतिपय गन्तव्यमा सम्बन्धित मुलुकले उडान प्रतिबन्धका साथै नेपाल आउने भारतलगायत केही गन्तव्यको उडान स्थगित रहेकाले पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अहिले आन्तरिकतर्फ ७० देखि ८० प्रतिशत र अन्तर्राष्ट्रिय उडानमा २० प्रतिशत मात्र उडान भइरहेको छ । उनले आन्तरिक उडान उत्साहजनक नै रहेपनि अन्तर्राष्ट्रिय उडान भने बढ्न नसकेको उल्लेख गरे ।

आन्तरिक उडानका एयरलाइन्सले पनि आफ्नो उडान ‘अकुपेन्सी’ राम्रो रहेको र महत्वपूर्ण चाडपर्वले गर्दा पनि उडान उत्साहबद्र्धक रहेको बताएका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयर, श्री एयरलगायत कम्पनीको उडान अकुपेन्सी सन्तोषजनक रहेको छ ।

बुद्ध एयरले दशैंयता आफ्नो उडानमा करिब ९० प्रतिशत अकुपेन्सी रहेको र यो सङ्ख्या क्रमशः बढ्दै जाने विश्वास लिएको छ । कम्पनीले अहिले दैनिक तीन हजार ५०० यात्रु उडाउँदै आएको छ ।

यता यती एयरलाइन्सको पनि उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत रहेको छ । यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडानमा चाड पर्वले गर्दा पनि अहिले उत्साहबद्र्धक रहेको बताए ।

हवाई उडानको भाडादर पनि सस्तो भएकाले धेरै मानिसले जहाज चढिरहेका छन् । महामारीकाबीच लामो यात्रामा सङ्क्रिमत हुने खतरा रहेकाले यात्रुको पहिलो रोजाइ जहाज हुने गरेको छ ।

तुलनात्मक रुपमा जोखिम कम हुने भएकाले पनि हवाई उडानको आकर्षण बढेको हो । आन्तरिक उडानका यात्रु विभिन्न गन्तव्यमा जान थालेपछि यात्रुको सङ्ख्या बढेको छ ।

अहिले पर्यटनको महत्वपूर्ण समय पनि भएकाले पारिवारिक, समूहगत तथा व्यक्तिगत रुपमा पनि धेरै सङ्ख्यामा आन्तरिक पर्यटक विभिन्न गन्तव्य पुग्ने गरेकाले हवाई कम्पनीलाई राहत मिलेको छ । यतिबेला पदयात्रा, पर्वतारोहणका साथै विभिन्न क्षेत्रमा घुमफिरका लागि धेरै सङ्ख्यामा पर्यटक निस्केका छन् ।

पछिल्लो समय नेपालमा कोभिड महामारीको सङ्क्रमण दर उच्च रहेको छ । वायुसेवा प्रदायक कम्पनीले महामारीबाट बचेर सुरक्षित उडानका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित उडान सञ्चालन गरिरहेका छन् ।

नेपाल सरकार तथा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्डलाई आत्मसाथ गरी यात्रुको सुरक्षाका लागि आवश्यक प्रक्रिया अपनाएर सेवा सञ्चालन गरिएको कम्पनीले जनाएका छन् ।

आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान गर्छन् । रासस

ताजा अपडेट

विवाद बढेकाे बेला सचिवालय बैठककाे औचित्य छैन त्यसैले अब बैठक नराखौं : केपी ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकको औचित्य नभएको बताएका छन् । मंगलबार बालुवाटारमा बसेकाे नेकपा सचिवालय...

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

 झापा । जिल्ला प्रहरी कार्यालय झापाले एकजना फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दमक नगरपालिका-७ बस्ने ६५ वर्षीय टेकबहादुर नेम्बाङ रहेका प्रहरीले...

बालुवाटारबाटै देशभर गुटबन्दी गरेकाे प्रचण्डकाे आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा ठूलो अहंकार देखिएको आरोप लगाएका...

नेकपा सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन

काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा...

काेसँग लगनगाँठाे कस्दै छन् रमेश प्रसाई?

काठमाडाैं । नवगायक तथा प्रखर वक्ता रमेश प्रसाईले लगनगाँठाे कस्ने भएका छन् । रमेशले यहि मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र...

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ। गत २४ घण्टामा १ हजार ३ सय ४ जना...

नेकपा सचिवालय बैठक दुई अध्यक्षकाे प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा दुई अध्यक्षकाे प्रस्तावमाथि छलफल सुरु भएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मंगलबार बसेकाे बैठकमा प्रधानमन्त्रीसमेत रहेका...

काठमाडौं उपत्यकामा थपिए ५३० कोरोना संक्रमित

काठमाडौं । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ३० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी...

पछिल्लाे २४ घण्टामा देशभर थपिए १३०४ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा आज थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४...

चर्चित

‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स (भिडियाेसहित)

काठमाडाैं । कलाकार प्रकाश सपूत र गायिका अनिता चलाउनेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ । गीतमा सपूत स्वयंमको शब्द तथा संगीत छ । प्रकाश...

चीनले किम र उनको परिवारलाई कोरोना खोप दिएको खुलासा

एजेन्सी । चीनले किम जोङ उन र उनको परिवारलाई कोरोना भाइरसविरूद्दकाे खोप दिएको खुलासा भएकाे छ। किम र उनको परिवारलाई आफ्नो कोरोना भाइरस खाेप दिएको...

फेसबुकमा अश्लिल फोटो हालेर भाइरल गराईदिने भन्‍दै ठग्‍ने दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले ३० हजार रूपैयाँ ठगी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका-३ का ३१ वर्षीय...

पाँच दिनदेखि बेपत्ता युवकको शव भेटियो

बिराटनगर । पाँच दिनदेखि बेपत्ता सुनसरीका एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । सोमबार...

बढ्याे सुनको मूल्य

काठमाडौं । पछिल्ला केहिदिन निरन्तर घटेकाे सुनकमाे मूल्य मंगलबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर...

राजावादीको जुलुसमा नजान सरकारकाे अपील

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनमा नजान सरकारले अपिल गरेकाे छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं...

स्कुल बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

नवलपुर । पूर्वी नवलपरासीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् । पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका-९...

आचार्य, कँडेल र पाण्डेको नाम सचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले तीन जना सह-सचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे ७० औँ सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएकाे बैठक प्रधानमन्त्रीसमेत रहेकाे नेकपा अध्यक्ष केपी...